Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

झुट र भ्रमको खेती गर्न ओली महानायकः बानियाँ

306030608_321352432220225-1666526427.jpg

६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फका उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली झुठ र भ्रमको राजनीति गरिरहेको भन्दै आलोचना गरेका छन् । 
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाकामा आइतबार भएको गठबन्धन दलले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै बानियाँले एमाले नेता र नीति ठिक नभएको  पार्टी भएको भन्दै यस्तोले मुलुकलाई निकास दिन नसक्ने दावी गरे ।
वर्तमान व्यवस्थाई ढाल्नको लागि केपी ओलीले दुइ दुइ पटकसम्म संसद विघटन गरेको स्मरण गर्दै बानियाँले अब जनताले तीनलाई विश्वास गर्न नसक्ने बताए । ‘ओलीको पार्टीले जितेमा मुलुकको विकास हुन नसक्ने देखेपछि जनताको अवस्था परिवर्तन गर्न लोकतान्त्रिक बाम गठबन्धन बनेको छ, यो गठबन्धनदेखि ओली अत्तालिएका छन् ।’ बानियाँले भने–‘गठबन्धनदेखि आत्तिएका ओलीले जनता मार्ने कमल थापा र देश टुक्र्याउन लागिपर्ने सिके राउत जस्ताको पार्टीसंग मिलेर लठबन्धन गरिरहेका छन् । केपी ओली झुट र भ्रमको खेती गर्न महानायक हुन् ।’ स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीलाई भुलेर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । 
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले पनि केपी ओली नेतृत्वको एमालेको चर्को आलोचना गरेका थिए । यसअघि एमाले नेतृत्वको सरकार हुँदा जनताले विकासको अनुभूति नै गर्न नपाएको भन्दै अब गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । आफू यसअघि सांसद हुँदा पनि धेरै कामहरु गरिएको स्मरण गराए ।
माओवादी केन्द्रबाट मकवानपुर क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तनले कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले साढे तीन वर्षसम्म गर्न नसकेको काम गठबन्धन नेतृत्वको सरकारले एक वर्षकै अवधिमा गरेर देखाएको बताइन् । आफू प्रदेशको सामाजिक विकास मन्त्री भएपछि छोटो अवधिमै आफ्नो क्षेत्रमा प्रसस्तै बजेट विनियोजन गरिएको उनले बताइन् । 
नेपाली कांग्रेसका इन्द्रसरोबर गाउँपालिका गाउँपालिका सभापति  विश्वलाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पालिका अध्यक्ष कुनसाङ लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि गठबन्धन दलले चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार