Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

म निरन्तर जनताकै साथमा छु र रहन्छुः पराजुली

312497315_144950960219781-1666528395.jpg

६ कार्तिक, हेटौंठडा । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार आन्दराम पराजुलीले जनताको प्रतिनिधि बनाएर पठाउन आग्रह गर्दै आफु सधैँ जनताको सेवामा खटिने प्रतिबद्धता जनाएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ तल्लो रमनटार स्थित परिवर्तनशिल टोलविकासको बुद्ध चोकमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् । उनले आफुले २०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकको मेयरमा झिनो मतले पराजित भएर पनि सधै जनताकै घरदैलोमा रहेको स्मरण गराए । उम्मेदवार पराजुलीले आफु जनताको सेवा गर्न राजनितिमा आएको बताउँदै राजनितिलाई कमाई खाने पेशा बनाउँनेहरु जस्तो नभएको दावी गरे । उनले आफ्नो गरिखाने अन्य व्यवसाय भएको उल्लेख गर्दैै राजनितिमा जनताको सेवाको लागी आएको दावी गरे । उनले आफूहरु ५ दलकै साझा उम्मेदवार भएकोले सबै राजनीतिक दलले अपनत्व ग्रहण गर्ने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले अब ५ दलकै नेता कार्यकर्ताहरुले एक अर्कालाई विश्वास गर्दै आफ्ना उम्मेदवारहरुलाई जिताउन लाग्ने बेला आएको बताए ।
‘गठबन्धनलाई विश्वास नगर्दा एकजना माननीयले हार्दा गठबन्धन नै सरकार बाहिर रहने स्थिति आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै पराजुलीले गठबन्धनबाट उम्मेदवार बनेकाहरु अधिकांस भोली बन्ने सरकारमा मन्त्री बन्ने हैसियतका भएको पनि बताए । उनले ‘संविधान च्यात्न खोज्ने र जनतामाथि कुठाराघात गर्नेहरुबाट जोगिन पनि आग्रह गरे । संविधान र व्यवस्था विरोधी तत्वहरु लोकतन्त्रवादीहरुको प्रतिस्पर्धीमा रहेको उल्लेख गर्दै उनले यो कुरा सबैले बुझ्न र बुझाउन जरुरी रहेको बताए ।
नेपाली कांग्रेस तरुण तथा खेलकुद विभाग मकवानपुरका जिल्ला सदस्य दिनेश चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्या डीना, कांग्रेस मकवानपुरका जिल्ला सदस्य अर्जुन तिवारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा नगरसमितिका सभापति उत्सव इटेनी सहित कांग्रस, माओवादी केन्द्र तथा एकीकृत समाजवादीको नेता तथा कार्यकताहरुको उपस्थिति रहेको थियो ।
महालक्ष्मी उपाध्या डीना, कांग्रेस मकवानपुरका जिल्ला सदस्य अर्जुन तिवारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार