९ कार्तिक, हेटौंडा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्र्तगत यमपञ्चकको आज चौथौ दिन गोवर्धन पुजा । आज देशभर परम्परा अनुसार गाई, गोवर्धन पर्वत र गोरु पूजा गरिँदैछ ।
आज आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्रतीकका रुपमा गाईको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ । द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई ठूलो वर्षाका कारण हुने क्षतिबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेला देखि गोवर्धन पर्वतकोे पूजा गर्ने चलन चलेको धार्मिक विश्वास छ ।
यस्तै आजै कृषि कार्यसँग विशेष रुपमा गाँसिएका गाई, बाच्छा तथा माहादेवको वाहनका रुपमा मानिएको गोरुको पुजा गरिन्छ । गोरुलाई पुजा गरि रोटि, बाबर, पिठो आदि खानेकुरा खुवाउने गरिन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।
१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...
१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...
१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...
१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...
१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...
१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...
१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...
१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी गुरुङलाई...
१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...