९ कार्तिक, हेटौंडा । नेपाल संवत ११४३ आजबाट शुरु भएको छ । नयाँ वर्ष शुरु भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । नेपाल संवतको नयाँ वर्ष काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।
यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । त्यसैले कात्तिक कृष्ण औंशीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौं उपत्यकामा छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो ।
लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले नेपाल संवत् मौलिक छ ।
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना पेश गरी नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विक्रम संवत् २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
२२ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...
२२ माघ, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्रै उम्मेदवारी परेको छ...
२२ माघ, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ...
२२ माघ, हेटौंडा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस हेटौंडामा पनि मनाइएको छ । प्रेस चौतारी मकवानपुरको...
२२ माघ,हेटौंडा। हेटाैडा उपमहानगरपालिका वडा- ९ मा रहेको संवेदनशील टाेल विकास सस्थांकाे अध्यक्षमा नवराज...
२२ माघ,हेटौंडा। बागमती प्रदेशसभाको बैठक आज आइतबारका लागि बोलाइएको छ।बागमती प्रदेशसभाको दोस्रो कार्यकालको...
२२ माघ,हेटौंडा । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। साताको छैठौ दिन शुक्रबार १४ सय रुपैयाँ घटेको...
२२ माघ, हेटौंडा । पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुशर्रफको निधन भएको भएको छ। मुशर्रफको...
२२ माघ, काठमाडाैं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमाको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा...
२० माघ, कैलाश । कैलाश गाउँपालिकाको भार्ता–कालिकाटार–नामटारहुँदै काठमाडौं सम्म आज शुक्रबारदेखि बस सेवा...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१२ माघ, बारा । बाराको परवानीपुर गाउँपालिकामा विद्युतीय पोलमाथि चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर एक जनाको...
१५ माघ,हेटौंडा। मकवानपुरको राक्सिराङमा एक *पुरुषको भिरबाट लडेर ज्यान गएको छ। शनिबार साँझ राक्सिराङ -२...
१५ माघ, गुल्मी । गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ। मुसिकोट नगरपालिका-७...