Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

फोस्रा आश्वासन बाँड्नेसंग सावधान रहनुस् : बानियाँ

Indra-Bahadur-Baniya-Phot-1510581294.jpg

File Photo

२७ कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले यसअघि चुनाव जितेर गाउँ नपुगेका उम्मेदवारहरु पुनः फोस्रा आश्वासन बाँडन पुनः गाउँ पुग्न थालेको भनदै सावधान रहन मतदातालाई सुझाव दिएका छन् । 
कैलाश गाउँपालिका–२ मा सोमबार भएको चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटनमा उनले मतदाताको मतबाट विजय भएपछि गाउँ नपुगेका नेताहरु भोली विकासको मुल फुटाउने आवश्वासन बोकेर गाउँ पुग्न थालेको भन्दै सचेत रहन आग्रह गरेका हुन् । ‘यहाँबाट जितेर गएका नेताहरु तपाइँहरुको गाउँमा कति पटक आए र गाउँको लागि के गरे ?’ बानियाँले भने–‘हिजो नगर्नेले भोली केही नगर्ने भएकाले मतदान गर्दा विचार पु¥याउनु होला ।’ 
सबैभन्दा बढि मतदाता माझ र निर्वाचन क्षेत्रमा पुग्ने नेतामध्ये आफु पर्ने बताउँदै उनले गाउँ पुगेमात्रै स्थानीयस्तरको समस्या बुझ्न सकिने र समाधान हुने बताए । कार्यक्रममा माओवादीका पूर्व उपकमाण्डर सानु स्याङ्तानसहित माओवादी र एमाले छोडेर ३० जना काँग्रेसमा प्रवेश गरेका थिए । यस्तै गोगनेमा भएको कार्यक्रममा एमाले र माओवादी परित्याग गरी १९ जना काँग्रेसमा प्रवेश गरेका थिए । 
कार्यक्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार जानकी लामा, राप्रपा क्षेत्रीय अध्यक्ष गोविन्द रिजाल, काँग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राप्रपाका जिल्ला सदस्य देव लामा, काँग्रेस क्षेत्रीय कोषाध्यक्ष बेलबहादुर मोक्तानलगायतले विकासका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जित्नु आवश्यक रहेको बताएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार