Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसले ५ बर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने

congres-1667034988-1667047279.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली काँग्रेसले आउँदो निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै आफ्नो नेतृत्वमा सरकार गठन भए आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गरेको छ । 
वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने सङ्कल्प काँग्रेसले गरेको हो । व्यापक रोजगारीका सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायतका अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गर्दछ, काँग्रेसको घोषणापत्रमा भनिएको छ ।  
५ वर्षभित्र सबै नागरिकको ‘स्वास्थ्य बीमा र बीमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने काँग्रेसले जनाएको छ । यस्तै ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने तथा बीमा रकमको दायरा बढाई १० लाख पु¥याइने र अति विपन्न, एकल महिला लगायतको बीमाबापतको प्रिमियम पनि सरकारले नै तिरिदिने सङ्कल्पपत्रमा उल्लेख छ । 
यस्तै सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने र गर्न पनि नदिने, सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्ययनहरूलाई अद्यावधिक गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संस्थाहरू खारेज गर्ने, कानुनको सीमा बाहिर गएर आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय र काम नगर्नेलगायत सङ्कल्प पनि काँग्रेसले गरेको छ ।  
यस्तै, राष्ट्रिय गौरबका सबै निर्माणाधीन आयोजना सम्पन्न गर्ने, कृषि मल कारखानाको स्थापना गर्ने, आधा घण्टाभित्र पक्की सडकमा पुग्ने जनसङ्ख्या ७५ प्रतिशत पु¥याउने, सुरक्षित घरमा बस्ने परिवार सङ्ख्या ५५ प्रतिशत पु¥याउने, विद्युतीय ऊर्जाको उत्पादन १० हजार मेगावाट पु¥याउने, ४ सय केभीएको पूर्वपश्चिम प्रसारण लाइन सम्पन्न गर्ने, वार्षिक २० लाख पर्यटक भित्र्याउने र दैनिक पर्यटक खर्च १ सय डलर पु¥याउने, तरकारी, फलफूल, माछा मासु, दूध, मसला र औद्योगिक बालीमा आत्मनिर्भर बनाउने,सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पहुँच पु¥याउने जस्ता महत्त्वकांक्षी घोषणा पनि काँग्रेसले गरेको छ । 
सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै सार्वजनिक पदमा विषयगत योग्यता र निश्चित मापदण्डका आधारमा गर्ने, सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले वर्षेनी सम्पत्ति विवरण सार्वजनिक गर्ने, नागरिकलाई झन्झटरहित सार्वजनिक सेवा उपलब्ध गराउने लगायत कुरा घोषणाापत्रमा उल्लेख गरिएको छ । 
महामन्त्री तथा घोषणापत्र लेखन समितिका संयोजक विश्वप्रकाश शर्माले सार्वजनिक गरेको घोषणा पत्रको मूल सार निरन्तरतामा नवीनता भएको बताएका छन् । महामन्त्री शर्मा नेतृत्वमा अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा.स्वर्णिम वाग्ले,डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत ४१ सदस्यीय समितिले एक महिना लगाएर घोषणापत्र तयार पारेको हो ।  
यस्तै, नेपाली काँग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने सङ्कल्प पनि गरेको छ । विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेत्र मुक्त बनाउने, विद्यार्थीलाई शैक्षिक ऋण, सामुदायिक स्कुलको व्यवस्थापन, निजीको शुल्क अनुगमन, माध्यमिक तहसम्म आवास सहित निशुल्क शिक्षा, एक विद्यालय एक दलित शिक्षकको नीति लागू गर्ने जस्ता विषयहरूसङ्कल्प पत्रमा छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार