Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कमल थापा बोक्ने ओलीलाई गणतन्त्रको माया छैनः खतिवडा 

2-1667047462.jpg

१२ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले बयलगडा चडेर अमेरिका पुगिदैन भन्ने केपी शर्मा ओली लोकतन्त्रको बिरोधी भएको आरोप लगाएका छन् । 
शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ र हेटौडा उपमहानगरपालिका वडा नम्बर १ को निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गर्दै खतिवडाले गणतन्त्र ल्याउने आन्दोलनमा सबै दलहरुले सडक आन्दोलन गरिरहँदा उक्त आन्दोलन दबाउने कमल थापालाई ऐलेको निर्वाचनमा एमालेबाट उम्मेद्वार बनाउन तयार ओलीलाई गणतन्त्रको माया नभएको दावी गरे । 
उनले ओली परिवर्तन विरोधि भएकाले परिवर्तनका पक्षधर लोकान्तित्र वाम गठबन्धनका उम्मेदवाहरुलाई मत दिएर विजयी गराउन आग्रह गरे । 
कार्यक्रत्रममा नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले लामो संघर्षका कारण ब्यवस्था परिवर्तन भएको र अब  अवस्था परिवर्तनको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न आग्रह गरिन् । 
उनले समतामूलक बिकास र लोकतान्त्रको रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न आवस्यक रहेको बताईन । 
कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सदस्य लबशेर बिष्ट, नेकपा एकीकृत समाजबादीका मकवानपुर सचिब बिष्णु दाहाल, मकवानपुरगढी सभापति राजबिर मोक्तान , प्रेस सेण्टर नेपालका केन्द्रिय सदस्य ध्रुब राज ढकाल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार