Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

इमान्दार भएर चुनावी अभियानमा लाग्न पराजुलीको आग्रह

313278069_510951713981681-1667049405.jpg

१२ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धनका नेता कार्यकर्ता इमान्दार भएर चुनावी अभियानमा लाग्नुपर्ने बताएका छन् । 
शनिबार हेटौंडा–४ नम्बर वडामा गठबन्धनको प्रचार कार्यालय उद्घाटन गर्दै उनले अबको केहीदिन ५ वटै दलका नेता कार्यकर्ताहरु गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्नुपर्ने बताएका हुन् । 
‘मुलुकलाई अप्ठेरो पर्दा कांग्रेसको नेतृत्वमा गठबन्धन हुँदै आएको छ । हामीले गरेको गठबन्धन पवित्र छ, मुलुकको आवश्यकता अनुसार भएको छ’, उनले भने, ‘हामी घरघरमा पुगेर गठबन्धनको आवश्यकता र महत्व बुझाउँदै हाम्रा एजेण्डा बताउनु जरुरी छ ।’ गठबन्धन दलको मुख्य एजेण्डा स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधार विकास रहेको पराजुलीले बताए । गठबन्धन दलको बिषयमा विरोधीहरुले भ्रम सृजना गर्दै प्रलोभन देखाइरहेको भन्दै उनले त्यसलाई समेत चिर्न जरुरी रहेको औंल्याए । 
मकवानपुरमा स्थानीय तहको निर्वाचनमा समेत गठबन्धन सफल भैसकेको स्मरण गर्दै उनले मंसिर ४ को निर्वाचनबाट गठबन्धनका ६ जनै उम्मेदवार विजयी हुने दावी गरे । गठबन्धनले हारेमा प्रतिगामी तत्वले फेरि टाउको उठाउने पराजुलीको भनाई थियो । कांग्रेस ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धन दलका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।   
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार