१३ कार्तिक, हेटौंडा । 'सी' डिभिजन लिग छनौट प्रतियोगितामा सहभागिता जनाएको मकवानपुरको विजय यूथ क्लवका खेलाडीहरुलाई विदाई गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच सफलताको शुभकामना सहित खेलाडीहरुको विदाई गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, २ नम्बर वडा सदस्य सुरज बर्तौला लगायतले फुटबल टोलीको विदाई गरेका हुन् ।
क्लवको प्रशिक्षकको जिम्मेवारीमा विजयलाल श्रेष्ठ र डेविन श्रेष्ठ रहेका छन् भने खेलाडीमा गोपी बर्तौला, पाल्देन तामाङ, अनिल थापा मगर, सुनिल घलान डने, सुरज बिष्ट, राजश्री प्रजापति, मनिष मोक्तान, सुजन खड्गी, सुजन गुरुङ, विश्व लामा, मनोज लामा, अभिषेक लामा, विजय दोङ, आयुर घलान, राजन गोले, रोजन थिङ, सुनिल लामा, गगन शिलवाल, नवल तामाङ लगायत रहेका छन् ।
उपमेयर राजेश बानियाँले व्यक्तिगत १० हजार रुपैयाँ सहयोग गर्दै उपमहानगरपालिकाबाट पनि सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । ‘सी डिभिजन खेल्ने गरी छनौट प्रतियोगिता जितेर आउनुहोला । खेलकुद सहित नगरको सर्वाङ्गीण विकासमा लगानी र सहयोग गर्न उपमहानगरपालिका तयार छ’, बानियाँले भने ।
छनौट प्रतियोगितामा सहभागिताका लागि विजय यूथले मकवानपुर र छिमेकी जिल्लाबाट समेत केही राम्रा खेलाडी छनौट गरी दैनिक प्रशिक्षण गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही बर्ष हुने सहीद स्मारक सी डिभिजन लिगका लागि छनौट प्रतियोगिता सञ्चालन गरिरहेको छ । विजय यूथले अघिल्लो २ बर्ष पनि छनौट प्रतियोगितामा सहभागिता जनाएको थियो ।
विजय यूथले पहिलो खेल १४ गते साउथर्न एफसीसंग खेल्नेछ, १६ गते सिन्धुपाल्चोक एफसीसंग र १८ गते मनमैजु क्लवसंग खेल्नेछ । यस बर्ष सी डिभिजन लिग खेल्ने उद्देश्यसहित छनौटमा सहभागी हुन लागेको क्लवका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







