Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडा १२ मा तरुण भेला तथा छलफलको आयोजना

307874882_685417836166063-1667096527.jpg

१३ कार्तिक, हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको आयोजनामा भेला तथा छलफल भएको छ । 
तरुण दल १२ नम्बर एकाइ समितिका अध्यक्ष सूर्य बलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतित्थ्यता रहेको थियो । भेलामा बोल्दै उम्मेदवार डीनाले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन युवाहरु परिचालित हुनुपर्ने बताईन् । उनले संविधान र व्यवस्था विरोधिहरु एकजुट भएर आएको बताउँदै संविधान र व्यवस्थाको रक्षा गर्दै अवस्था परिवर्तनको लागी बनेको गठबन्धनलाई जिताउन आग्रह गरिन् । 
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख का उम्मेदवार आनन्दराम पराजुलीले गठबन्धनका नेता कार्यकर्ता इमान्दार भएर चुनावी अभियानमा लाग्नुपर्ने बताए । उनले मुलुकलाई अप्ठेरो पर्दा कांग्रेसको नेतृत्वमा गठबन्धन हुँदै आएको उल्लेख गर्दै यहि गठबन्धनले भोली देश र यहाँको युवाका मुहार फेर्न सक्ने दावी गरे । उम्मेदवार पराजुलीले घरघरमा पुगेर गठबन्धनको आवश्यकता र महत्व बुझाउँन युवाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले गठबन्धन दलको बिषयमा विरोधीहरुले भ्रम सृजना गर्दै प्रलोभन देखाइरहेको भन्दै उनले त्यसलाई समेत चिर्न युवाहरुलाई सक्रिय भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल माइकल, माओवादी केन्द्रका बागमती प्रदेश सहसचिव लक्ष्मी माझी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । 
नेपाली कांग्रेस मकवानपुर क्षत्रीय कोषाध्यक्ष गिता न्यौपानेले सहजिकरण गरेको कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव इन्दिरा न्यौपाने, जिल्ला सदस्यहरु सोममाया मोक्तान, अर्जुन तिवारी, हेटौंडा नगर सभापति उत्सव इटेनी, १२ नम्बर वडा एकाइ सभापति सुदर्शन लामा लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 

312270228_598415634494228-1667096529.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार