Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नुपर्छ: खतिवडा

IMG_20221030_084137-1667098620.jpg

१३ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताएका छन् । 
अहिले देशमा विगतमा परिवर्तनका लागि संगै आन्दोलनमा लागेका दलहरुको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान नमान्ने दलहरुका बीचको अर्को गठबन्धनका बीच चुनाव हुन लागेकाले जनता सचेत हुनुपर्ने बेला भएको बताए । 
शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरुमा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनको निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा खतिवडाले यस्तो बताएका हुन् । उनले बयलगडा चढेर अमेरिका पुगिदैन भन्ने केपी शर्मा ओली लोकतन्त्र विरोधी भन्ने पुष्टि भएको बताए ।
एमालेका नेता कार्यकर्ताहरु अहिले हिजोका मन्डलेसंग रानजीनिक पाठ सिक्ने काममा लागेकोप्रति व्यङ्ग्य गर्दै नेता खतिवडाले हिजोका दुस्मनलाई आज चुनावको टिकट दिएको उल्लेख गरे । देशलाई अग्रगमनमा लैजान बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह पनि गरे ।
कार्यक्रममा प्रतिनिधीसभा २ को प्रदेशसभा क का उम्मेदवार कुमारी मोक्तानले अहिले पार्टी भन्दा पनि गठबन्धनका तर्फबाट आफूहरुको उम्मेदवारी भएकाले इमान्दारी पूर्वक गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरिन ।  
यस्तै, नेपाली कांग्रेसका मकवानपुरगढी गाउँपालिकाका सभापति राजवीर मोक्तानले गठबन्धनका उम्मेदवारले जितेमा मात्र मुलुकमा विकास हुने तथा देशमा प्रात उपलब्धिको रक्षा हुने बताए । नेपाली कांगेस वडा नम्बर ८ का सभापति वेदनाथ न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
 बाम लोकतान्त्रिक गठबन्धनको आजै हेटौडा उपमहानगरपालिका वडा नम्बर १ को निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गरिएको  छ । कार्यक्रममा उम्मेदवारद्घय खतिवडा र मोक्तानको आतिथ्यता थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार