Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

जनहित बिपरित कुनै काम गरिने छैनः कुमारी मोक्तान 

313334989_851426806306247-1667131153.jpg

१३ कार्तिक, थाहानगर । नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज एवं प्रदेश सभा मकवानपुर २ (क) की  उम्मेद्वार कुमारी मोक्तानले आफुले जनहित बिपरित कुनै काम नगर्ने दावी गरेकी छन् । 
आईतबार थाहा नगरपालिकामा भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहा नगर कमिटिको बिस्तारित बैठकमा बोल्दै नेता मोक्तानले जनभावना अनुसार संस्थागत रुपमा योजना बनाई बिकासका योजना ल्याउने स्पष्ट पारिन् । उनले लामो संघर्षका कारण ब्यवस्था परिवर्तन भएको र अब अवस्था परिवर्तनको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न आग्रह पनि गरिन् ।
प्रदेश सभा मकवानपुर २ (क) को उम्मेद्वार समेत रहेकी मोक्तानले यस क्षेत्रको बिकासको लागि आफु सधै दत्तचित भएर लागेको स्मरण गराउँदै अवको दिनमा गुरुयोजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । मोक्तानले राजनितिक हिसाबले स्वाभिमानी र एजेन्डाको हिसाबले सहि ब्याक्तित्व गठबन्धनका उम्मेद्वारहरु भएकोले इमान्दार भएर मतदान गरि बिजयी गराउन कार्यकर्ताहरुलाई अनुरोध गरिन् ।
संबिधान रक्षाको लागि भएको संघर्षमा उभिने एकीकृत समाजवादी पार्टीका उम्मेद्वार बिरोध खतिवडालाई प्रतिनिधि सभामा र प्रदेश सभा सदस्य निर्वाचनमा माओबादी केन्द्रका उम्मेद्वार आफुलाई मतदान गर्न मोक्तानले आग्रह गरिन् । बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले आफुले प्रचारको लागि भन्दा पनि साँचो बिकासको लागि प्रतिबद्ध भएर काम गरेका दावी गरे ।
उनले बर्तमान सरकार संबिधान अनुसार बनेकोले भ्रमको पछि नलाग्न आम मतदातालाई अनुरोध पनि गरे । नेकपा माओबादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षतामा भएको बिस्तारित बैठकमा, माओबादी केन्द्रको केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटि सदस्य ज्योति रायमाझी, लबशेर बिष्ट, इन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक शर्केश घलान लगायतको आतिथ्यता रहेको थियो ।
नेकपा माओबादी केन्द्र थाहा नगर सचिब लक्ष्मण बिष्ट संचालन गर्नुभएको बैठकमा जनबर्गिय संगठनका केन्द्रिय, प्रदेश, जिल्ला कमिटिका पदाधिकारीहरु, नगर कमिटि सदस्यहरु, वडा कमिटि पदाधिकारी, पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार