Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

कला/संस्कृति

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व सम्पन्न गरिंदै

NarayanAdhikari_Chitwan_R-1667175301.jpg

१४ कार्तिक, हेटौंडा । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिंदै सम्पन्न गरिंदैछ । छठ पर्वअन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी रातभर पूजाअर्चना गरेर नदी तथा पोखरी किनारमा बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपर्व सम्पन्न हुनेछ ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
बर्तालुहरूले अर्घ्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गर्दछन् । अर्घ्य सामग्रीमा ठेकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र लाभ हुने विश्वास समेत रहेको छ । सूर्य उपासनाबाट लाभ र आरोग्य प्राप्त हुने पनि विश्वास गरिन्छ ।
छठ पर्वमा सूर्यलाई ‘छठी माई’ का रूपमा पूजा गर्ने चलन छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरगढीमा अटो दुर्घटना, घिमिरेको मृत्यु
IMG-20240221-WA0000-1708494629.jpg

९ फागुन, हेटौंडा। मकवानपुरको मकवानपुरगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान मकवानपुर...

लिग-२ सिरिज अन्तर्गत आज नेपाल र नामिबिया भिड्ने
20240221_072123-1708479428.jpg

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालले नामिबियासँग खेल्दैछ...

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि छलफल शुरु
Nepali-Congress-Maha-sami-1708479024.jpg

९ फागुन, हेटौंडा । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ । बैठकमा आजबाट यसअघि पेश भएका प्रतिवेदनमाथि छलफल...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1708478210.jpg

९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम...

लघुवित्त पीडितहरू आन्दोलनका लागि काठमाडौँ आइपुगे
Screenshot_20240220_19374-1708437188.jpg

८ फागुन, काठमाडौं ।  देशभरका लघुवित्त पीडितहरू पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका छन् ।  बुधबारबाट...

रथीमा पदोन्नति भएका थापालाई दर्ज्यानी चिह्न प्रदान
Screenshot_20240220_19094-1708435512.jpg

८ फागुन, काठमाडौं ।  रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मल कुमार थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।...

त्रिभुवन विमास्थलबाट सुनसहित एक पक्राउ
Arrested-1708414720.jpg

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ...

मंगलबार सुनचाँदीको मूल्य स्थिर
2277822-1708414234.jpg

८ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । छापावाल सुुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ...

एसईईका विद्यार्थीलाई विद्यालयबाटै खानाको व्यवस्था
IMG-20240220-WA0016-1708412732.jpg

८ फागुन, हेटौंडा । मकवानपुरको एक विद्यालयले एसईईको तयारी गरिरहेका कक्षा १० का विद्यार्थीलाई खानाको व्यवस्था गरी...

थप समाचार