Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

गठबन्धनमा कुनै समस्या छैन, चुनाव जित्छौंः पराजुली

313492291_489527423213190-1667261951.jpg

१५ कार्तिक, हेटौंडा । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ख का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धन र यसमा आबद्ध दलको बीचमा कुनै समस्या नरहेको र जनताले समेत गठबन्धनप्रति आशा गरेकोले मकवानपुरका ६ जनै उम्मेदवारले चुनाव जित्ने विश्वास व्यक्त गरेका छन् । 
चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यहाँ विरोधीहरुले कुनै एजेण्डा नपाएर जनतालाई भ्रममा पार्ने अनेक दुस्प्रयास गरिरहेका छन् । न नेपाली कांग्रेसभित्र कुनै समस्या छ, नत गठबन्धन दलको बीचमा नै । गठबन्धनका ६ जना नै उम्मेदवारलाई जिताउने गरी जिल्ला नेतृत्व र आम नेता कार्यकर्ता एकढिक्का भएर लागेका छन् । जनताले समेत हामीलाई साथ दिएको अवस्थामा विरोधीहरु अत्तालिएका छन् ।’ 
उनले गठबन्धनका उम्मेदवार नेताहरु चुनाव अघि पनि मकवानपुरका जनताको साथै रहेको र अहिले पनि साथै रहेको जानकारी दिए । ‘म गत स्थानीय निर्वाचनमा हेटौंडाको मेयर पदमा झिनो मतले पराजित भएको भोलीपल्टबाटै जनताको सुखदुःखमा साथै छु । 
आगामी दिनमा पनि यहाँहरु संगै रहनेछु’, पराजुलीले भने, ‘डिना उपाध्यायको प्रतिनिधिको रुपमा हामी कांग्रेसका नेताहरु जिल्लामा सक्रिय थियौं, वहाँ केन्द्रमा हाम्रा एजेण्डा पूरा गर्न लागिपरिरहनुभएको थियो । तसर्थ संघमा डिना उपाध्यायलाई र प्रदेश क मा प्रेमबहादुर पुलामी छिन्तु र ख मा मलाई मतदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।’
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार