Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मनहरीबाट एमालेका वडाध्यक्षको उम्मेदवार सहित कांग्रेस प्रवेश 

313827434_666082691597157-1667262113.jpg

१५ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) छोडेर नेकपा एमालेमा फर्किएकी मनहरी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष मनिला बिष्टको वडामा एमालेका जिल्ला सदस्य एवम् गत चुनावमा वडाध्यक्षका प्रत्यासी सानुकान्छा तितुङसहितका नेता कांग्रेस प्रवेश गरेका छन् । 
सोमबार मनहरी ९ रजैयामा आयोजित गठबन्धन आबद्ध दलका महिला संगठनको कार्यकर्ता भेलाका बीच तितुङसहितका नेता कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा एमाले जिल्ला सदस्य तितुङ, संगठित सदस्य भगवान रेग्मी, गणेश सुनाम, बिष्णुमाया थिङ गोमा, शेरबहादुर तितुङ लगायत रहेका छन् । 
उनीहरुलाई कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ख का उम्मेदवार इन्द्रबहादुर बानियाँ, कांग्रेस क्षेत्रीय सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला लगायतका नेताहरुले टीका, खादा र माला लगाएर कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । 
एमाले हराउन लागिपरेका नेताहरु नै अहिले एमालेको प्यारो भएकोले मुलुकको विकास र समृद्धि गर्ने पार्टी कांग्रेस रोजेको तितुङले बताए । गठबन्धनका उम्मेदवार जिताउने अभियानमा आजैबाट सकृय हुने उनले प्रतिबद्धता जनाए । 
एमालेको झुटो आस्वासन र झुटा नाराले अब कसैले पनि एमालेलाई मत नहाल्ने उनको भनाई थियो । कार्यक्रममा प्रदेशसभा सदस्यको उम्मेदवार बानियाँले कांग्रेसप्रती बढ्दो आकर्षणले नै कांग्रेस र गठबन्धनको जित सुनिस्चित देखिएको बताए ।
गाउँपालिका सभापति प्रकाश बर्तौलाले नवप्रवेशीहरुलाई योग्यता र्क्षमताको आधारमा जिम्मेवारी दिइने प्रतिबद्धता जनाए । तितुङ अघिल्लो र यसपटकको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षको उम्मेदवार रहेका थिए ।
 

313501422_154062598638095-1667262113.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार