Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

दीपक सिंह वडाध्यक्ष उठ्न आए आश्चर्य नमान्नुः मधु अधिकारी

madhu-adhikari1667222210-1667263538.jpg

१५ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय निर्वाचन आयोग सदस्य मधु अधिकारीले राप्रपाका नेता दीपकबहादुर सिंह वडा अध्यक्षको चुनाव लड्न आए आश्चर्य नमान्दा हुने बताएका छन् ।
सत्तारुढ गठबन्धनको चुनावी अभियान अन्तर्गत सोमबार हेटौंडा ६ मा भएको प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘एउटै मान्छे मेयरको चुनाव पनि लडेको छ । त्यसको ६ महिना नबित्दै फेरि त्यै मान्छेलाई प्रतिनिधिसभा सदस्य पदको टिकट पनि चाहिएको छ’, उनले भने, ‘दीपक सिंह भन्ने मान्छे अब वडा अध्यक्षमा चुनाव लड्यो भने आश्चर्य नमान्दा हुन्छ ।’ मकवानपुरे जनताको लागि कमल थापा र दीपक सिंह दुवै उपयुक्त नभएको उनको तर्क थियो ।
‘मैले यी दुवै जनासंग ३७ बर्ष संगत गरेको छु । चुनाव आएपछि मात्रै वहाँहरु गाउँ छिर्ने हो । जनतालाई अहिले अनेक प्रलोभन र आश्वासन बाँड्न व्यस्त हुनुहुन्छ’, अधिकारीले भने, ‘कमल थापा र दिपक सिंहहरु उपयुक्त भएको भए आज म गठबन्धन पक्षमा मत मागिरहेको हुन्थिन होला । वहाँहरु उपयुक्त नभएकैले मैले साथ छोडेर नयाँ राजनीतिक यात्रा थालनी गरेको हुँ ।’ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार कांग्रेस केन्द्रीय सहमहामन्त्री ‘पावरफुल’ मन्त्री बन्ने हैसियतको भएको दावी गर्दै उनले उनको विकल्प अरु उम्मेदवार हुनै नसक्ने ठोकुवा गरे ।
‘वहाँ लामो समयदेखि महिला अधिकारसंगै शिक्षा र सहकारी अभियानमा समेत जोडिँदै आउनुभएको छ’, डिनाको प्रशंसा गर्दै उनले भने, ‘महिलाको समस्या र मकवानपुरको भूगोल बुझेको नेता हुनुहुन्छ, वहाँँलाई हामीले जिताउनसक्यौं भने मन्त्री पक्का छ । वहाँ मन्त्री भएपछि जिल्लाको विकासमा पक्कै थप योगदान दिनुहुनेछ ।’ यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार आनन्दराम पराजुलीको चर्चा गर्दै उनले मेयरमा पराजित भएदेखि नै निरन्तर उपमहानगरबासीको सुखदुःखमा साथै रहेको नेता भएको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार