Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

स्वतन्त्र उम्मेदवार चेपाङले गरे ईन्द्र बानियाँलाई समर्थन

Screenshot_20221101-20555-1667315593.jpg

१५ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका खुसीलाल चेपाङले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै चेपाङले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक देखिएको भन्दै आफ्नो उम्मेदवारी स्थगित गर्दै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको घोषणा गरेका हुन् । 
नेपाल चेपाङ संघको बागमती प्रदेश अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका चेपाङले आफूले पार्टी र गठबन्धनविपरीत जाँदा मुलुकमा लामो संघर्षबाट प्राप्त गणतन्त्र, संघीयताजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीमाथि गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरुलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धती माथि नै घात हुने देखिएकाले उम्मेदवारी स्थगित गरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरिएको स्पष्ट पारे । 
उनले आफ्नो उम्मेदवारी स्थगित गरी गठबन्धनका साझा उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई विजयी गराउनसमेत सबै शुभचिन्तकहरुमा आग्रह गरेका छन् । ‘निर्वाचन आयोगमार्फत् मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भएपनि राजनीतिक रुपमा म आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधिसभा –२ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ती जारी गर्दछु ।’ चेपाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
अबको दिनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफू पनि उम्मेदवारहरुसँगै घरदैलोमा क्रियाशील हुनेसमेत उनले जानकारी दिए । 
खुसीलालले आफ्नो उम्मेदवारी फिर्ता लिई गठबन्धनको अभियानमा साथ दिएको भन्दै मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले आभार व्यक्त गरे । ‘मुलुकको आवश्यकता र हितलाई मध्यनजर गरी खुसीलालजीले गठबन्धनलाई सहयोग गर्ने निर्णय गर्नुभएको छ । यो निकै महत्वपूर्ण निर्णय हो । म यसको स्वागत गर्दछु । उहाँको साथले महत्वपूर्ण सन्देश दिएको छ ।’ बानियाँले भने । पत्रकार सम्मेलनमा गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार बानियाँसहित, मकवानपुर १ (क) की उम्मेदवार कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केश घलान, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, कांग्रेस मनहरी सभापति प्रकाश बर्तौला, कांग्रेस राक्सिराङ उपसभापति मोहन नगरकोटीलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार