Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

डिना र आनन्दरामको एउटै स्वर जितेर पनि काम नगर्नेलाई अब 'इगनोर'

Dina-aanda-1667318971.jpg

१५ कार्तिक,हेटौंडा । मकवानपुरमा यति बेला संघ र प्रदेशसभाका उम्मेदवार घर दैलो र भेटघाटमा व्यस्त रहेका छन्। उम्मेदवारहरु दैनिक जसो मतदातको घरदैलोमा पुगेर मतदात फकाउन व्यस्त देखिन्छन।

उम्मेदवारहरुले सम्पर्क कार्यालय उदघाटन र स्थापनालाई प्राथमिकता दिदै चुनाव प्रचार प्रसार कार्यालय उदघाटनमा लागिपरेका छन्। यसै क्रममा मकवानपुर क्षेत्र-१ र प्रदेशसभा -१ ( ख) अन्तर्गत पर्ने हेटौंडा-१२ र १३ मा संघ र प्रदेशसभा सदस्य लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र आनन्दराम पराजुलीले संयुक्त रुपमा सम्पर्क कार्यालय तथा चुनाव प्रचार प्रसार कार्यालय उदघाटन गरेका छन । 
मंगलबार दिउँसो हेटौंडा-१२ र १३ मा सम्पर्क तथा चुनाव प्रचार प्रसार कार्यालय उदघाटनका क्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले पटक पटक जिताएर पठाएका तर काम नगर्नेलाई मत दिए भन्दा पनि मत नदिई इगनोर गर्ने समय आएको बताइन।  उनले सत्तारुढ बाम लोकतान्त्रिक गठबन्धनले मात्रै देशलाई विकासतर्फ डोहोर्याउन सक्ने दावी गरिन् । ‘नेपालमा अहिलेको यो व्यवस्था ल्याउन गिरिजा प्रसाद कोइराला,प्रचण्ड र माधव नेपालले भुमिका खेल्नु भएको थियो । त्यसैले यो गठबन्धन आजको मात्रै गठबन्धन होइन,विगतदेखी हुदै आएको गठबन्धन हो । यो गठबन्धनले देशलाई विकासतर्फ स्थायित्व दिन्छ’,डिनाले भनिन् । उनले आसन्न निर्वाचनलाई भविष्यसँग जोडेर हेरेर सत्तारुढ गठबन्धनलाई जिताउन आग्रह गरिन् । 
त्यसैगरी प्रदेशसभा सदस्यका उम्मेदवार आनन्दराम पराजुलीले अघिल्लो प्रदेशसभा निर्वाचनमा जिताएर पठाएको व्यक्तीले काम नगरेको आधार प्रस्स्त रहेकोले फेरी पनि सोही दलका उम्मेदवारलाई मत दिने कुरामा मतदाता सजग हुने बेला आएको बताए। उनले काम नगर्नेलाई इगनोर गर्न मतदातालाई अनुरोध गरे ।पराजुलीले सत्तारुढ गठबन्धनको उम्मेदवारहरुको जीत सुनिश्चित भइसकेको भएपनि जनतामाझ आफ्नो एजेण्डा सुनाउनको लागि ठाउँ–ठाउँमा पुगिरहेको सुनाए। उपाध्याय र पराजुली सत्तारुढ गठबन्धन दलको समर्थनमा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेशसभा १ (ख) मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार