१६ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले एमालेको सरकार हुँदा महेश बर्तौला र लालबहादुर थापाले आफ्नो ठाउँमा कति बजेट ल्याए भनेर प्रश्न गर्नुपर्ने बताएका छन् ।
चुनावी अभियान अन्तर्गत बुधबार हेटौंडा–३ बसामाडीमा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै उनले आफ्नो सरकार हुँदा त बजेट ल्याउन नसक्नेले अहिले जनतालाई झुटो आश्वासन र नारा बाँड्नु बेकार भएको बताए ।
‘केपी ओली र उनको पार्टी नक्कली कम्युनिष्ट भन्ने प्रमाणित भैसकेको छ’, बानियाँले भने, ‘सक्कली कम्युनिष्ट अहिले हामीसंगै गठबन्धनमा छ । एमालेकै प्रधानमन्त्री र मुख्यमन्त्री हुँदा गाउँमा कुनै बजेट ल्याउन नसक्नेहरुसंग अब जनताले के आश गर्ने ?’ हरेक पालिका र वडामा गठबन्धनको मतान्तर बढी रहेको भन्दै उनले त्यसलाई जोगाउँदै गठबन्धनको योजना लिएर गाउँगाउँ जान कार्यकर्तालाई उनले अनुरोध गरे ।
‘हामी जे बोल्छौं त्यो गर्छौं एमालेले जस्तो झुटा र फोस्रा नारा अनि आश्वासन दिँदैनौ’, बानियाँले थपे, ‘शान्ति प्रकृयाको जगमा गठबन्धन बनेको हो । गठबन्धनकै बिषयमा धेरै रुमल्लिन पर्दैन । गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा सबै लाग्नुहोस् । सम्भाव्यता अध्यायन गरेर मिल्यो भने बसामाडीमै एअरपोर्ट बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रदेश राजधानीमा एउटा एअरपोर्ट आवश्यक रहेको उल्लेख गर्दै उनले त्यो बसामाडीमै बन्नसक्ने बताए । ३ नम्बर वडाका प्रचारप्रसार संयोजक रोशन गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस २ नम्बर क्षेत्रका संघीय सभापति लोक मुक्तान, महासमिति सदस्य टेकनाथ शिवाकोटी, माओवादी केन्द्रका जिल्ला सदस्य रुपेश बर्तौला, हेटौंडा ३ का ईन्चार्ज सूर्य राई लगायतले गठबन्धनका उम्मेदवार जिताउन एक भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)