Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हामी साझा भएरै काम गर्नेछौंः आनन्दराम पराजुली

314019733_810563220217631-1667394977.jpg

१६ कार्तिक, हेटौंडा । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले आफूहरु गठबन्धनको साझा उम्मेदवार भएकोले चुनावपछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता जनाए । 
गठबन्धनका उम्मेदवारहरु सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनमोर्चा लगायत दलको साझा भएकोले सबैको साझा भएरै काम गर्ने प्रतिबद्धता जनाएका हुन् । 
‘संविधान पक्षधरहरु अहिले पवित्र उद्देश्यले गठबन्धनसहित चुनावी अभियानमा छौं । संसद्, संविधान र लोकतन्त्र मास्न खोज्नेहरु पनि एक भएर आएका छन्, अब वास्तविक देशभक्त र लोकतन्त्रवादी शक्ति छुट्याउनुपर्ने बेला आएको छ’, उनले भने, ‘२०६२÷६३ को आन्दोलनमा दमन गर्ने, राजा फर्काउँछु भन्ने र प्रतिगामी तत्वलाई परास्त गर्नु आवश्यक छ ।’ 
जनतामाझ जाने कुनै एजेण्डा नै नभएपछि एमालेका नेता कार्यकर्ता तथा उम्मेदवार अहिले गठबन्धन भाँड्न र अनेक भ्रम फैलाउन लागिपरेको पराजुलीले बताए । ‘कांग्रेसले कांग्रेसलाई सहयोग गर्दैन, गठबन्धन दलको नेता कार्यकर्ताको बीचमा एकता छैन, एउटा पार्टीका कार्यकर्ताले अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्दैन भन्ने भ्रम छरेको पाइएको छ’, उनले भने, ‘यी सब भ्रम हुन् । 
गठबन्धनमा कुनै समस्या छैन । मकवानपुरको ६ वटै पदमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको छ । मतान्तर बढाउने काममा लाग्नु जरुरी छ ।’ कार्यक्रममा कांग्रेसका नगर सचिव हर्करत्न लामा, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा. गणेश बल लामा लगायतको आतिथ्यता थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार