Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नौलो विहानी कृषी सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1667664093695-1667664211.jpg

१९ कार्तिक, हेटौडा । हेटौडा–६ चौघडामा रहेको नौलो बिहानी कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष भरत सापकोटाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा संस्थाको संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भरत सापकोटाले चालु आर्थिक वर्ष २०७९।०८० मा संस्थाले ३ करोड ७० लाखको कारोवार गर्ने योजना रहेको बताए । संस्थाले बचत संकलनमा  १ करोड ७८ लाख, ऋण असुलीमा  १ करोड २० लाख, लगानीबाट ब्याज असुलीमा २१ लाख, शेयर विक्रीबाट २ लाख ५० हजार, रसायनिक मल तथा विउविजनबाट १० लाख, आर्थिक सहयोगबाट ८ लाख संकलन गर्ने योजना रहेको छ। भेलामा ऋण उपसमितिका संयोजक डोर बहादुर अधिकारीले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

भेलामा उत्कृष्ठ बचतकर्ता शारदा श्रेष्ठ र बिमला दुलाल,उत्कृष्ठ कारोवारीमा ठूलीमाया नेपाली र चन्द्र बहादुर मानन्धर, उत्कृष्ठ कृषकमा रामहरि ओझा, ज्येष्ठ शेयर सदस्य हेम बहादुर खड्कालाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, संस्थाका सल्लाहकार राजेन्द्र प्रसाद चौलागाई, विष्णुप्रसाद ढुङगाना, चौघडा सहकारीका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, बंशगोपाल दुग्ध उत्पादक सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, जनकल्याण सहकारीका सचिव रोम बहादुर न्यौपाने, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार