२० कार्तिक, हेटौंडा । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत सबै क्षेत्रमा पछाडि परेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका-९ लोजाका २७ वर्षीय प्रविण स्याङ्तान अहिले एमबिबिएसको पाँच वर्षे कोर्स सक्याएर चितवन मेडिकल कलेजमा इन्टर्नसीप गरिरहेका छन् । दन्तरोग विशेषज्ञ बन्नको लागि आवश्यक पढाई पूरा गरेका स्याङ्तानले अब नेपाल मेडिकल काउन्सिलबाट डाक्टरको लाइसेन्स प्राप्त गर्न मात्र बाँकी छ । अबको एक वर्षभित्र उनी रजिष्र्टड डाक्टर बन्दैछन् ।
उनको यो सफलताको पछाडी पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको साथ र हौसला जोडिएकोे छ । चितवन मेडिकल कलेजमा २०७२ सालमा एमबिबिएस भर्र्ना भएका विकट गाउँका युवा स्याङ्तानलाई पढाईको लागि लाग्ने खर्चमध्ये वार्षिक ५० हजार रुपैयाँका दरले खर्च उपलब्ध गराउने बानियाँले प्रतिवद्धता जनाए । २०७३ पछि ३ वर्षसम्म वार्षिक ५० हजारको दरले पढाई खर्च बुझेका स्याङ्तान त्यसयता भने खर्र्च लिनको लागि सम्पर्कमा आएनन् । एमबिबिएस पढ्नको लागि खर्र्च उपलब्ध गराउने र अन्य केही समस्या भए सहयोग गर्ने बानियाँको आश्वासन पछि आफूलाई पढाईमा थप हौसला प्राप्त भएको स्याङ्तान बताउँछन् । ‘मेरो डाक्टर बन्ने सपना पूरा हुँदैछ । यसमा ईन्द्र दाईको साथ र हौसला पनि महत्वपूर्ण छ, दाईले नियमित रकम उपलव्ध गराईरहनु भएको थियो, ३ बर्षपछि भने म आफैंले व्यवस्थापन गरेकाले रकमको लागि दाईसंग सम्पर्क गरिन ।’ स्याङ्तानले टेलिफोन कुराकानीमा भने ।
२०६८ सालमा राक्सिराङ ९ (साविक खैराङ गाविस) अठारेको कालिका माध्यमिक विद्यालयबाट फस्ट डिभिजनमा एसएलसी पास गरेका स्याङ्तानले मकवानपुर बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा दश जोड २ उत्तीर्ण गरे । एसएलसीमा उनको ब्याचमा फस्ट डिभिजन ल्याउने स्याङ्तान एक्ला थिए । अरुभन्दा पढाईमा धेरै राम्रो भएकाले धेरैले उनलाई विज्ञान पढ्न सुझाव दिए । उनले पनि १२ कक्षासम्म विज्ञान नै पढे । त्यसपछि के पढ्ने भनेर उनले सोचेकै थिएनन् । गाउँकै कसैले उनलाई ‘डाक्टर’ पढ्ने सुझाव दियो । उनले शिक्षा मन्त्रालयले डाक्टर पढ्न दिने छात्रवृत्तिका लागि निवेदन पनि दिए ।
तर, उनीसँग प्रवेश परीक्षा दिने खर्चसमेत थिएन । गाउँकै समाजसेवी, राजनीतिज्ञ तथा खैराङ गाविसका पूर्व अध्यक्ष (हाल राक्सिराङ गाउँपालिका अध्यक्ष) राजकुमार मल्लसँग ठोकिन पुगे । मल्लले स्याङ्तानलाई परीक्षा दिन जाने खर्च १५ हजार रुपैयाँ व्यक्तिगत सहयोग दिएर पठाए । स्याङ्तानले उर्तिण भई शिक्षा मन्त्रालयको छात्रवृत्ति पनि पाए ।
चितवन मेडिकल कलेजमा भर्ना भएपछि छात्रवृत्तिबाहेकका अन्य खर्च जुटाउन स्याङ्तानलाई हम्मे हम्मे पर्यो । परिवारको आर्थिक अवस्था पनि निकै कमजोर थियो । सानैमा आमा गुमाएका स्याङ्तानका बुबा पनि वृृद्ध भइसकेका छन् । दाइले ज्याला मजदुरी गरी कमाएको रकमबाट उनले डाक्टर अध्ययन गरिरहेका थिए । उनको कमजोर आर्र्थिक अवस्था भएकाले तत्कालीन खैराङ गाविसबाट ५० हजार र स्थानीय तहको संरचना बनिसकेपछि पटकपटक गरी २ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । ‘विकट गाउँमा गरिब परिवारमा जन्मिएकोे केटो, निकै मेहनती र पढाइमा अब्बल थियो । पछि डाक्टर बन्छु भनेर आएपछि हामीले पनि सकेको सहयोग गर्यौं ।’ अध्यक्ष मल्लले भने–‘पहिले तत्कालीन खैराङ गाविसबाट ५० हजार दिइएको थियो, पछि म गाउँपालिका अध्यक्ष भएर आएपछि २ वर्षसम्म एक/एक लाख र एक वर्ष ५० हजारका दरले पढाई खर्र्च दिएका थियौं ।’ उनी राक्सिराङ गाउँपालिकाकै पहिलो एमबिबिएस डाक्टर भएको उनले दावी गरे ।
मल्लमार्फत नै ईन्द्रबहादुर बानियाँसँग स्याङ्तानलाई सम्पर्क गराइएको थियो । स्याङ्तानको पारिवारिक आर्थिक अवस्थाबारे जानकारी पाएपछि बानियाँले स्याङ्तानलाई एमबिबिएस पढ्न आर्थिक सहयोग दिएका थिए । यसअघि मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार रहेका छन् । आफू पदमा हुँदा र नहुँदा पनि सधैं आम नागरिकको शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकता पूरा गर्नमा क्रियाशील रहेको भन्दै बानियाँले जनताले निर्वाचित गराउनेमा विश्वास व्यक्त गरे ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)