Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

काँग्रेसको सिद्धान्त पुरानो हुँदैन : बानियाँ

Indra-Bahadur-Baniya-Phot-1510667284.jpg

२८ कार्तिक, हेटौँडा । मकवानपुर क्षेत्र नम्वर २ को २ का उम्मेदवार ईन्द्र्रबहादुर बानियाँले बानियाँले नेपाली कांग्रेसको सिद्धान्त कहिल्यै पुरानो नहुने बताएका छन् । 
कांग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँले कम्युनिष्टहरु जस्तो बेला बेलामा नाम र सिद्धान्त फेर्ने पार्टी कांग्रेस नभएको बताए । उनले भाषणा मात्रै गर्ने कम्युनिष्टहरुले जनता झुक्याउन बेला बेलामा नाम र सिद्धान्त फेर्ने गरेको भन्दै राणाकालदेखि कांग्रेस जनतामाझ रहेको बताए । 
थाहा नगरपालिका ७ र ८ को संयुक्त चुनाव प्रचार प्रसार कार्यालय आग्राको गैरीगाउँमा उद्घाटन गर्दै बानियाँले नाम फेरेपनि काम नगर्ने कम्युनिष्टहरुलाई मकवानपुरे जनताले चिनिसकेको भन्दै यसपालीको निर्वाचनमा उनीहरुलाई दण्ड दिने दावि गरे । उत्तरी मकवानपुरलाई पर्यटन क्षेत्रको विकासको लागि सबैभन्दा ठूलो महादेवको मूर्ति निर्माण गर्ने बताए । 
यस्तै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले थाहानगरलाई तरकारी उत्पादन  पकेट क्षेत्रको रुपमा विकास गरीने बताए । लोकतान्त्रिक गठबन्धनको सक्रियतामा हेटौंडालाई प्रदेश नम्वर ३ को अस्थायी राजधानी घोषणा गरिने भन्दैै स्थायी रुपमा राजधानी बनाउन पनि लोकतान्त्रिक गठबन्धन जित्नु जरुरी रहेको बताईन् । 
नेपाली काँग्रेस थाहानगरपालिका ७ नम्वर वडाका सभापति शिवराज थिङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्वर २ क का प्रदेश सदस्य उम्मेदवार यतिराज सापकोटा, थाहा नगरपालिका उपमेयर खड्ग गोपाली, नेपाली काँग्रेस ४ नम्वर क्षेत्रीय सभापति लोकबहादुर मोक्तान, राप्रपा मकवानपुरका क्षेत्रीय सदस्य चक्रमती मुक्तान, जिल्ला सदस्य रामबहादुर घले लगायतको आतिथ्यता रहेको थियो ।
एमाले र माओवादीबाट ८ जना काँग्रेस प्रवेश
थाहानगरपालिका ७ र ८ मा संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटनमा  नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी ८ जना काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले थाहानगरपालिका ३२ वर्ष सक्रिय कार्यकर्ता भई राजनीति गरेका विद्युत विष्ट, प्रकाश विष्ट, बेलबहादुर तितुङ, देवबहादुर वाइवा, नेकपा माओवादी केन्द्रका क्षेत्रीय सदस्य तथा संविधान सभाको उम्मेदवार शुक्र गोले, सुन्दर गिरी, भिमबहादुर योञ्जन अदिप विष्टसहितका नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् । एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका विद्युत विष्टले आफु कुनै स्वार्थ नबोकी थाहानगरको विकासको लागि काँग्रेसमा प्रवेश गरेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

आज संघीय बजेट प्रस्तुत हुँदै
Screenshot_20260529_07214-1780018642.jpg

१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780018292.jpg

१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg