Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

घरजग्गा व्यवसायी र उपमहानगरबीच सहमती

ghar-jagga-1667994393.jpg

२३ कार्तिक, हेटौंडा । मकवानपुर घरजग्गा व्यवसायी संघले आफना पूर्व घोषित सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिएको जनाएको छ । बुधबार मकवानपुर उद्योेग वाणिज्य संघमा पत्रकार सम्मेलन गरि सम्पूर्ण घोषित कार्यक्रम फिर्ता लिएको जानकारी गराइएको हो ।
जग्गा बर्गीकरणको कामलाई ढिलासुस्ती गरेर आलटाल गरेको भन्दै केहिदिन अघिदेखी व्यवसायी संघले हेटौँडा उपमहानगरपालिकामा तालाबन्दी गर्ने देखीका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
आज बुधबार बिहान मेयर, उपमेयर लगाएत सघंका पदाधिकारी र राजनितिक दलका प्रतिनिधिहरु बसेर मंसिर ४ गतेको निर्वाचन पछि जग्गा बर्गीकरणका कामहरुलाई अगाडी बढाउने मौखिक सहमती पछि संघले आफना सबै घोषित आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको संघका सल्लाहकार हेम अधिकारीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले निर्वाचन आचरसहिंताका कारण नीतिगत निर्णयहरु गर्न समस्या भएकाले आम निर्वाचन पछि बस्ने कार्यपालिकाको पहिलो बैठकले वर्गीकरणका कार्यहरु अगाडी बढाउने तयारी भएको जानकारी दिए । यस्तै व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद घिमिरे (ध्रुव)ले उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले व्यवसायीहरुको समस्यालाई नजिकबाट बुझेको र समस्या समाधान गर्न आगामी मंसीर ४ पछि तदारुकता देखाउने वचन दिएपछि आफना घोषित कार्यक्रमहरु फिर्ता दिएको बताए ।
पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, मकवानपुर घरजग्गा व्यवसायी संघका सल्लाहकार हेम अधिकारी,हेटौडा ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएत व्यवसायीहरुको सहभागीता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

थप समाचार