Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

गठबन्धनलाई भोट नदिए ५ बर्ष दुःख पाईन्छः मोक्तान

Kumari-Moktan-IndraSaroba-1667995855.jpg

२३ कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट नदिए जनताले पाँच बर्ष दुःख पाउँने बताएकी छन् ।
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १, नयाँ गाउँमा बुधबार आयोजित चुनाबी कोणसभामा बोल्दै उहाँले गठबन्धनलाई अमुल्य भोट दिएर विकास र समृद्धीका पक्षमा साथ दिन आग्रह गरिन् ।
‘देखेर बुझेपछि मात्र काम गर्ने हो, त्यसैले आज म गाउँको अवस्था बुझ्न गाउँ–गाउँमा पुगिराखेको छु,’ उनले भनिन्, ‘गठबन्धनलाई भोट हाल्न चुक्नुभयो भने ५ वर्ष दुःख तपाईं हामीले पाउँछौ, विकास हुन सक्दैन ।’ 
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी उनले आफ्नो राजनितीको मुख्य उदेश्य नै गरिब निमुखाको जीवनस्तर उकास्नु रहेको भन्दै देश र जनताप्रति सदैव क्रियाशील रहने दावी गरिन् । 
नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि जमान सिं वाईबाले लोकतान्त्रिक बाम गठबन्धन सरकारको पहलमै बजेट विनियोजन भएर उक्त क्षेत्रमा अति समस्याको रुपमा रहेको खानेपानीको व्यवस्था गर्न सफल भएकाले जनताले उचित मुल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ईन्द्रबहादुर श्रेष्ठ, बागमती प्रदेश परिषद सदस्य विनायक गोले, नेकपा एकीकृत समाजवादीका मकवानपुर सहसचिव जीवन लामा, नेपाली काँग्रेस मकवानपुरकी जिल्ला सदस्य सुमित्रा लामा, ईन्द्रसरोबर गाउँपालिका १ का वडा अध्यक्ष सुवास आले मगर लगायतले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट दिएर जिताउँनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नेपाली काँग्रेस ईन्द्रसरोबर गाउँपालिकाका सभापती विश्वलाल लामाको अध्यक्षतामा भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार