Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

बानियाँकै कारण मकवानपुरमा बढ्दै खेलकुदको माहौल

Indra-Baniya-Khel-1668167133.jpg

२५ कार्तिक, हेटौंडा । दोस्रो जनआन्दोलनपश्चात हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । 
उक्त प्रतियोगितासँगै करिब १२ वर्ष हेटौंडामा कुनैपनि किसिमको राष्ट्रिय फुटबल प्रतियोगिता भएन । २०७२ सालको भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौंडामा राष्ट्रिय फुटबल प्रतियोगिता गराउने निधोमा यहाँका युवा व्यवसायी पुगेपनि त्यसका लागि आवश्यक अर्थको व्यवस्था नहुँदा समस्यामा परेका थिए । तत्कालिन समयमा नेपाली कांग्रेस मकवानपुरका सभापति तथा सांसद इन्द्रबहादुर बानियाँले आवश्यक बजेटको प्रबन्धन गरेसँगै हेटौंडामा १२ वर्षपछि फुटबलको माहौला फर्किएको थियो ।
बानियाँले जिल्लाका स्थानीय निकाय र विभिन्न व्यापारिक प्रायोजकसँग सम्झौता गरी जिल्लामा फुटबल हुने वातावरण तयार पारेका थिए । तत्कालिन समयमा उनले गरेको सहयोगसँगै हालको दिनमा पनि जिल्लामा वर्षेनी एउटा राष्ट्रिय प्रतियोगिता हुने माहौल सिर्जना भइरहेको छ । उनले जिल्लाबाट उत्कृष्ट फुटबल प्रदर्शन गर्ने जुनियरदेखि सिनियर टोलीसम्मका खेलाडीलाई नगदबाट समेत वर्षेनी सम्मान गर्ने गरेका छन् । दोस्रो सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा बानियाँले फाइनलमा प्रवेश गरेको टिमका खेलाडिलाई जनही नगद ५ हजार रुपैंया रुपलब्ध गराएका थिए । उनले अन्तराष्ट्रियस्तरमा हुने खेलकुदमा जाने खेलाडिलाई पनि सहयोग गरेका छन् । बानियाँकै सहयोगमा राक्सिराङको लावतीमा खेल मैदान निर्माण भएको छ । यसका लागि बानियाँले एक्साभेटर, टिपर, इन्धन गरी ५ लाख रुपैंया बढिको सहयोग गरेका थिए । बानियाँको सहयोग बकैयाको जुरेली खेल मैदान निर्माणमा पनि रहेको छ ।
‘इन्द्र दाईकै सहयोग र समन्वयमा हामीले हेटौंडामा फुटबलको माहौल पुनः फर्काएका हौं ।’, तत्कालिन समयमा आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका महासचिव सविन न्यौपानेले भने । बानियाँकै पहलमा जिल्लामा वीपी कप फुटबल प्रतियोगिता वर्षेनी हुने गरेको नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका सचिव प्रदीप कँडेलले बताए । ‘इन्द्र दाईले हामीलाई बर्षेनी १ लाख रुपैंयाको दरले रकम उपलव्ध गराउने गर्नु भएको छ ।’–उनले भने ।
बानियाँले वडा, टोलस्तरीयदेखि जिल्लाबाट विभिन्न स्थानमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई समेत नगद तथा जिन्स सामान सहयोग गर्दै आएको जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ । उनले हेटौंडा उपमहानगरपालिकासँग समन्वय गरेर हेटौंडामा महिला र पुरुष फुटबल एकेडेमी सञ्चालनका लागि पहल गरिरहेको समेत बताए ।
फुटबल मात्र होइन । जिल्लाको अन्य खेलकुद गतिविधिमा समेत बानियाँले सहयोग पु¥याउँदै आएका छन् । उनले हेटौंडा–१७ स्थित हटियामा हुने भलिबल प्रतियोगिताका लागि आवश्यक नगद तथा जिन्सी सहयोग वर्षेनी गर्ने गरेको हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए । ‘दाईबाट हामीले सधैं सहयोग प्राप्त गरेका छौं ।’, उनले भने ।
मकवानपुरको खेल क्षेत्रलाई बानियाँले सधैं सहयोगी भावका साथ हेर्ने गरेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए । ‘फुटबलमात्रै हैन इन्द्र दाईसंग खेलकुद गतिविधि गर्नप¥यो भनेर जाने कसैले पनि खाली हात फर्कनु परेको छैन, व्यक्तिगत सहयोग होस् वा प्रायोजकको खोजी गर्न होस् उहाँ सधैं अगाडि हुनुहुन्छ ।’–उनले भने ।
‘मकवानपुर खेलकुद क्षेत्रको उर्वरभूमि हो । मैले आवश्यकता अनुसार खेलक्षेत्रमा सहयोग गर्दै आइरहेको छु ।’, मंसिर ४ गतेहुने प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवार बनेका बानियाँले भने । उनले जिल्लामा आवश्यकता अनुसार खेल मैदान, कभर्ड हल र मिनि रंगशाला निर्माणका लागि आफूले पहल गरिरहेको बताए । विगतमा पनि खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडिलाई प्रोत्साहन लगायतको काम गरेको बताउँदै उनले आगामी दिनमा पनि म खेलकुद क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताए ।
‘अहिले क्रिकेटप्रति लोकप्रियता बढिरहेको छ । हामीले यसमा पनि लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’, उनले भने । बानियाँले जिल्लाको खेलकुद विकासका लागि मार्सल आर्टस्, एथलेटिक्स, हक्की तथा अन्य खेलकुद क्षेत्रमा लगानी गर्न सरोकारवाला पक्षसँग समन्वय गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार