Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

बानियाँकै कारण मकवानपुरमा बढ्दै खेलकुदको माहौल

Indra-Baniya-Khel-1668167133.jpg

२५ कार्तिक, हेटौंडा । दोस्रो जनआन्दोलनपश्चात हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । 
उक्त प्रतियोगितासँगै करिब १२ वर्ष हेटौंडामा कुनैपनि किसिमको राष्ट्रिय फुटबल प्रतियोगिता भएन । २०७२ सालको भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौंडामा राष्ट्रिय फुटबल प्रतियोगिता गराउने निधोमा यहाँका युवा व्यवसायी पुगेपनि त्यसका लागि आवश्यक अर्थको व्यवस्था नहुँदा समस्यामा परेका थिए । तत्कालिन समयमा नेपाली कांग्रेस मकवानपुरका सभापति तथा सांसद इन्द्रबहादुर बानियाँले आवश्यक बजेटको प्रबन्धन गरेसँगै हेटौंडामा १२ वर्षपछि फुटबलको माहौला फर्किएको थियो ।
बानियाँले जिल्लाका स्थानीय निकाय र विभिन्न व्यापारिक प्रायोजकसँग सम्झौता गरी जिल्लामा फुटबल हुने वातावरण तयार पारेका थिए । तत्कालिन समयमा उनले गरेको सहयोगसँगै हालको दिनमा पनि जिल्लामा वर्षेनी एउटा राष्ट्रिय प्रतियोगिता हुने माहौल सिर्जना भइरहेको छ । उनले जिल्लाबाट उत्कृष्ट फुटबल प्रदर्शन गर्ने जुनियरदेखि सिनियर टोलीसम्मका खेलाडीलाई नगदबाट समेत वर्षेनी सम्मान गर्ने गरेका छन् । दोस्रो सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा बानियाँले फाइनलमा प्रवेश गरेको टिमका खेलाडिलाई जनही नगद ५ हजार रुपैंया रुपलब्ध गराएका थिए । उनले अन्तराष्ट्रियस्तरमा हुने खेलकुदमा जाने खेलाडिलाई पनि सहयोग गरेका छन् । बानियाँकै सहयोगमा राक्सिराङको लावतीमा खेल मैदान निर्माण भएको छ । यसका लागि बानियाँले एक्साभेटर, टिपर, इन्धन गरी ५ लाख रुपैंया बढिको सहयोग गरेका थिए । बानियाँको सहयोग बकैयाको जुरेली खेल मैदान निर्माणमा पनि रहेको छ ।
‘इन्द्र दाईकै सहयोग र समन्वयमा हामीले हेटौंडामा फुटबलको माहौल पुनः फर्काएका हौं ।’, तत्कालिन समयमा आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका महासचिव सविन न्यौपानेले भने । बानियाँकै पहलमा जिल्लामा वीपी कप फुटबल प्रतियोगिता वर्षेनी हुने गरेको नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका सचिव प्रदीप कँडेलले बताए । ‘इन्द्र दाईले हामीलाई बर्षेनी १ लाख रुपैंयाको दरले रकम उपलव्ध गराउने गर्नु भएको छ ।’–उनले भने ।
बानियाँले वडा, टोलस्तरीयदेखि जिल्लाबाट विभिन्न स्थानमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई समेत नगद तथा जिन्स सामान सहयोग गर्दै आएको जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ । उनले हेटौंडा उपमहानगरपालिकासँग समन्वय गरेर हेटौंडामा महिला र पुरुष फुटबल एकेडेमी सञ्चालनका लागि पहल गरिरहेको समेत बताए ।
फुटबल मात्र होइन । जिल्लाको अन्य खेलकुद गतिविधिमा समेत बानियाँले सहयोग पु¥याउँदै आएका छन् । उनले हेटौंडा–१७ स्थित हटियामा हुने भलिबल प्रतियोगिताका लागि आवश्यक नगद तथा जिन्सी सहयोग वर्षेनी गर्ने गरेको हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए । ‘दाईबाट हामीले सधैं सहयोग प्राप्त गरेका छौं ।’, उनले भने ।
मकवानपुरको खेल क्षेत्रलाई बानियाँले सधैं सहयोगी भावका साथ हेर्ने गरेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए । ‘फुटबलमात्रै हैन इन्द्र दाईसंग खेलकुद गतिविधि गर्नप¥यो भनेर जाने कसैले पनि खाली हात फर्कनु परेको छैन, व्यक्तिगत सहयोग होस् वा प्रायोजकको खोजी गर्न होस् उहाँ सधैं अगाडि हुनुहुन्छ ।’–उनले भने ।
‘मकवानपुर खेलकुद क्षेत्रको उर्वरभूमि हो । मैले आवश्यकता अनुसार खेलक्षेत्रमा सहयोग गर्दै आइरहेको छु ।’, मंसिर ४ गतेहुने प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवार बनेका बानियाँले भने । उनले जिल्लामा आवश्यकता अनुसार खेल मैदान, कभर्ड हल र मिनि रंगशाला निर्माणका लागि आफूले पहल गरिरहेको बताए । विगतमा पनि खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडिलाई प्रोत्साहन लगायतको काम गरेको बताउँदै उनले आगामी दिनमा पनि म खेलकुद क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताए ।
‘अहिले क्रिकेटप्रति लोकप्रियता बढिरहेको छ । हामीले यसमा पनि लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’, उनले भने । बानियाँले जिल्लाको खेलकुद विकासका लागि मार्सल आर्टस्, एथलेटिक्स, हक्की तथा अन्य खेलकुद क्षेत्रमा लगानी गर्न सरोकारवाला पक्षसँग समन्वय गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार