२८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले जनताको माझ गरेको प्रतिबद्धता पूरा गर्न नसके अर्को पटक हात जोडेर मतदाताकोमा नआउने बताएका छन् ।
चुनावी कार्यक्रम अन्तर्गत हेटौंडा–७ मा भएको घरदैलो कार्यक्रममा उनले कांग्रेस नेतृत्वको गठबन्धनले झुटा आश्वासन, प्रलोभन र गर्नै नसकिने ठूल्ठूला भाषण मात्र नगर्ने बताएका हुन् ।
‘संविधान, लोकतन्त्र र मुलुक जोगाउन लागेका ५ वटा दल एकढिक्का भएर संविधान विरोधी, प्रतिगमनकारी शक्तिसंग चुनावी प्रतिस्पर्धामा छौं’, उनले भने, ‘हामी एमालेले जस्तो आश्वासन, प्रलोभन र झुटको नारा बाँड्दैनौं, जे सक्छौं, त्यो बोल्छौं, कार्यकालमा पूरा गरेरै छाड्छौं ।’ एमालेको नारा र आश्वासन झुटो सावित भैसकेको पराजुलीले बताए ।
५ बर्षको लागि प्राप्त जनादेशको अपमान गर्ने, बोलेको कुरा पूरा नगर्ने, सधैं भ्रम र झुट बोल्ने एमालेका उम्मेदवारलाई जनताले किन भोट दिने भन्दै प्रश्न गर्नुपर्ने सुझाव दिए । ‘फेरि पनि जनता झुक्याउन सकिन्छ कि भनेर अनेक आश्वासनको पोको लिएर आएका छन् ।
कुनै एजेण्डा नै नभएपछि गठबन्धन फुटाउन र गठबन्धनको विरुद्ध अफवाह फैलाउन लागेका छन’, पराजुलीले भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो । गठबन्धनका नेता कार्यकर्ताहरु एकढिक्का भएर जिल्लाको ६ वटै सिटमा हाम्रा उम्मेदवार जिताउन लागेका छौं । भ्रमको पछि नलाग्नुहुन आम नेता कार्यकर्ता र जनतालाई अनुरोध गर्न चाहन्छु ।’
सधैं जनताको सुखदुःखमा साथै रहँदै आएको भन्दै उनले चुनाव पछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता जनाए । जिल्लाको समस्या, अवसर र सम्भावनाको बिषयमा आफू जानकार रहेको दावी गर्दै उनले सबैलाई समेटेर जिल्लाको विकास र समृद्धिको अभियानमा लागिपर्ने बताए ।
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...
५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...
५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...
५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १को विकट मानिएको घ्याङ्सिङटार जोड्ने...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...