Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

समावेशीतामा बानियाँ: चेपाङदेखि दलित समुदायसम्म मन्त्री

Screenshot_20221114-16430-1668423566.jpg

२८ कार्तिक, हेटौंडा । २०७४ मा भएको निर्वाचनबाट बागमती प्रदेशसभाको कुल ११० सिटमध्ये नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट प्राप्त गर्यो । उक्त सिट सरकार बनाउन प्रयाप्त थिएन । त्यसैले तत्कालीन एमाले र माओवादी मिलेर प्रदेश सरकारको नेतृत्व गर्यो । तर साढे तीन वर्षको अवधि पूरा भएपछि एमाले माओवादीबाट बनेको नेपाल कम्युनिष्ट पार्टी विभाजन भई माओवादी अलग्गिनुका साथै एमाले छुट्टिएर नेकपा एकीकृत समाजवादी बन्यो । एमाले सरकार ढल्यो । एक वर्षअघि एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा माओवादी र कांग्रेससहितको गठबन्धन सरकार बन्यो । कांग्रेसबाट संसदीय दलका नेता थिए ईन्द्रबहादुर बानियाँ । उनले कांग्रेसको भागमा परेका मन्त्रालयमा मन्त्री सिफारिस गर्दा समावेशितालाई मिहिन रुपमा कार्यान्वयन गरे ।
वर्तमान प्रदेश मन्त्री मण्डलमा ५ मन्त्री र ३ जना राज्यमन्त्री कांग्रेसको भागमा पर्यो । त्यसमा एकजना खसआर्यबाहेक अन्य सबै मन्त्रालयहरुको जिम्मा दलित, जनजाति, अल्पसंख्यक र सिमान्तकृत समुदायका सांसदलाई दिएर बानियाँले समावेशितामा उदारताको नमूना प्रस्तुत गरे । पार्टीभित्र र बाहिरबाटसमेत दलका नेता बानियाँले देखाएको उदारताको खुलेरै प्रसंशा भयो । मन्त्री मण्डलमा युवादेखि ज्येष्ठतासम्मलाई ख्याल गरिएको छ । भाषा, धर्म, सम्प्रदाय, वर्ण, लिंग, पेशा सबैलाई सम्मान गर्ने नेताको रुपमा परिचित बानियाँले समावेशिताको मुद्धालाई व्यवहारमा कार्यान्वयन गरेर गतिलो उदाहरण प्रस्तुत गरेका छन् । 
२०७८ कार्तिक ११ गते र पुस ९ गते प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले  विस्तार गरेको मन्त्री मण्डलमा कांग्रेसका तर्फबाट अल्पसंख्यक, सिमान्तकृत, दलित तथा द्वन्द्वपीडित समुदायको प्रतिनिधित्व हुने गरी नेता बानियाँले समावेशी रुपमा सिफारिस गरे । जसको परिणामस्वरुप सिमान्तकृत चेपाङ समूदायबाट मुलुकमै पहिलो पटक मकवानपुरको राक्सिराङ गाउँपालिका ७ का सन्तबहादुर प्रजा (चेपाङ) ले मन्त्री हुने अवसर पाए । उनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । कांग्रेस संसदीय दलका नेता बानियाँको सिफारिसमा मुलुकमै पहिलो मन्त्री बनेका सन्तबहादुर प्रजाले बानियाँको भावनाअनुरुप काम पनि गरेर देखाए । चेपाङकै सिफारिसमा प्रदेश सरकारले धादिङ, मकवानपुर र चितवन जिल्लालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी बजेट विनियोजन गर्यो । तीन जिल्लामा चेपाङ, बोटेलगायत विपन्न समुदायको लागि एकीकृत बस्ती विकासको योजना ल्याएर कार्यान्वयनको चरणमा छ । प्रदेशका विकट गाउँमा करोडौंको सडक पूर्वाधार तथा भवनका योजनाहरुमा बजेट विनियोजन गरेका छन् । 
‘दलका नेता इन्द्र बानियाँले जून विश्वासका साथ मलाई मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो, त्यो भूमिका मैले पूरापुर निर्वाह गरेको छु । मन्त्रालयमार्फत मैले चेपाङ, दलित, विपन्न समुदायका हितमा गरेका कामहरुको सबै देन इन्द्र बानियाँलाई जान्छ ।’ चेपाङले भने ।  
द्वन्द्वकालमा श्रीमान् गुमाएकी भक्तपुरकी रजनी अमात्य जोन्छे उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भइन् । जोन्छेलाई राज्यमन्त्री बनाएर बानियाँले उनको पीडामा मल्हम लगाउने प्रयासमात्रै गरेनन्, द्वन्द्व प्रभावितहरुको राज्य सत्तामा प्रतिनिधित्व र सम्मान दिलाए । भक्तपुर निर्वाचन क्षेत्र नम्वर १ प्रदेशसभा (ख) की जोन्छे उद्योग तथा वाणिज्य क्षेत्रको लागि थु्रपै काम गर्ने मौका पाएकोमा खुसी छिन् । ‘पहिलो पटक सांसद् भएँ, द्वन्द्व प्रभावित समुदायको प्रतिनिधित्व गर्ने अवसर ईन्द्र बानियाँले दिनुभयो । सम्बन्धित क्षेत्रमा धेरै काम गर्ने अवसर पाएँ । अब नयाँ पुस्तालाई अवसर दिन्छु ।’ उनले भनिन् । 
निमा लामा अल्पसंख्यक ह्योल्मो समुदायको प्रतिनिधित्व गर्दै बागमती प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भए । उनी ईन्द्र बानियाँले समावेशीताको मुद्धा व्यवहारमा उतारेको भन्दै आभारी छन् ।  
‘सबै भूगोल, सबै जातजाति, भाषाभाषीको सम्मान गर्ने कुरा अन्त भाषणमा मात्रै सिमित भएको पाइन्छ । तर, ईन्द्र बानियाँ ज्यूले गरेरै देखाउनुभयो । धेरै खुसी लागेको छ । परिवर्तन यसैगरी हुँदै जाने हो ।’
आफु मन्त्री भएपछि अत्यावश्यक एवम् विपन्नलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको, प्रदेशका अस्पतालहरुको स्तरोन्नती, स्वास्थ्य जनशक्तिको व्यवस्थापन मिलाएको र आवश्यक उपकरण तथा औषधि उपलब्ध गराएको बताउँछन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर २ (ख) का लामाले बानियाँले गरेका सकारात्मक प्रयासको खुलेर प्रशंसा गरे ।
त्यस्तै नुवाकोटकी कल्पना नेपाली दलित समुदायको प्रतिनिधित्व गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री नियुक्त भइन् । आफुलाई राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरेको भन्दै ईन्द्रबहादुर बानियाँलाई उनले धन्यवाद दिइन् ।  
‘मलाई राज्यमन्त्रीको जिम्मेवारी दिएर ईन्द्र बानियाँज्यूले समग्र दलित तथा दलित महिलाहरुको सम्मान गरेको अर्थमा लिएको छु । उहाँको भावनाअनुसार काम गर्ने प्रयास पनि गरेको छु ।’ राज्यमन्त्री नेपालीले भनिन् ‘म राज्यमन्त्री भएपछि महिलाहरुको स्तन क्यान्सर र पाठेघर क्यान्सरको उपचारको लागि पहल गरेको छु । अब कार्यान्वयनमा जाने तयारीमा छ । स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य काम भएका छन्, खुसी छु ।’
खसआर्य एवं ज्येष्ठ नागरिकको प्रतिनिधित्व गर्दै बलराम पौडेल प्रदेशको गरिबी निवारण तथा सहकारी मन्त्री भए । बानियाँले समावेशिताको उच्चतम कार्यान्वयनको प्रयास गरेको भन्दै पौडेलले बानियाँको प्रशंसा गरे । 
गठबन्धनकै नेतृत्वको प्रदेश सरकारमा संसदीय दलका नेता बानियाँले नेवार समुदायबाट कांग्रेसकै मिलनबाबु श्रेष्ठलाई उद्योग वाणिज्य आपूर्ति मन्त्रीको रुपमा सिफारिस गरेका थिए भने नेवार समुदायकै कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र दिपेन्द्र श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिए । उनीहरुले आफूलाई प्राप्त भएको जिम्मेवारीको प्रतिवद्ध भएर कार्यान्वयन गरिरहेको बताएका छन् ।  
नेपाली कांग्रेस राष्ट्रियता, समाजवाद र लोकतन्त्रको पक्षधर भएकोले सबैलाई समान अवसर वितरण गर्नु आफ्नो जिम्मेवारी भएको बानियाँ बताउँछन् । सबै समुदाय र वर्गलाई समान व्यवहार र अवसर सृजना गर्न सकेमात्रै समाजमा सद्भाव र सुशासन स्थापित हुने बताउँछन् । 
मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट २०७४ सालको निर्वाचनबाट निर्वाचित भएका बानियाँलाई अबको प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा हेरिएको छ । आगामी निर्वाचनमा पनि बानियाँ सोही क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार