Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कमल थापाले मतदातालाई पनि धोका दिन्छः दिपक सिंह

311947658_509757431063324-1668472431.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपकबहादुर सिंहले आफ्नै पार्टीका नेता कार्यकर्तालाई धोका दिने कमल थापाले जनतालाई पनि धोका दिने आरोप लगाएका छन् । 
४६ बर्ष संगै रहेको आफूलाई लोप्पा खुवाउने राप्रपा नेपालका अध्यक्ष थापाले मतदातालाई पनि लोप्पा खुवाउने बताएका छन् । सोमबार पदमपोखरीमा भएको राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले कमल थापा विश्वास गर्न लायक नेता नभएको आरोप लगाएका हुन् । 
पार्टीको आन्तरिक चुनावमा हार व्यहोरेपछि पार्टी छोडेर पुरानो पार्टी ब्यूँताएको र फेरि चुनाव चिह्न तीर छोडेर एमालेको चुनाव चिह्नमा चुनाव उठ्ने थापाबाट जिल्लाको विकास सम्भव नभएको बताए । 
‘पदको लागि पार्टीको मूल्य मान्यतालाई बिर्सेर काम्रेड बन्न गएकाले जिल्लाको विकास गर्ला भनेर विश्वास गर्नु बेक्कार छ’, सिंहले भने । अहिलेको चुनावलाई लिएर राप्रपा नेपालका कार्यकर्ताहरु अन्यौलमा रहेको उनको भनाई थियो । पार्टीको अध्यक्षमा निर्वाचित जनजातिको छोरा राजेन्द्र लिङ्देनलाई स्वीकार्न नकेर एमालेको शरणमा जाने कमल थापालाई मकवानपुरका जनजाति समुदायले भोट हाले गलत हुने उनको भनाई थियो । 
पदमा रहँदा केही काम नगरेकाहरु अहिले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा आएको उनको आरोप थियो । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, अभिनेत्री मनिषा कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार