Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मंसिर १ गते मनहरीमा गठबन्धनको आमसभा 

315516790_458476279756593-1668492882.jpg


२९ कार्तिक, हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनले मंसिर १ गते मकवानपुरका मकवानपुर क्षेत्र नम्बर २ (ख) स्तरीय आमसभाको तयारी गरेको छ । मनहरी बजारमा हुने आमसभामा मकवानपुर २ ९ख० प्रदेश क्षेत्रका गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । 
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सभापति एवम् गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक रन्जन कालाखेतीले निर्वाचन प्रचारप्रसारको अन्तिम दिन मंसिर १ गते मनहरीमा बृहत आमसभाको आयोजना गरिएको जानकारी दिँदै सभामा प्रदेश क्षेत्रका ३० वटै वडाबाट गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतलाई निम्त्याउने तयारी भइरहेको पनि कालाखेतीले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ ९ख० का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आगामी निर्वाचनमा गठबन्धनको जीत सुनिश्चित भएको बताए । निर्वाचन तयारीको क्रममा आम नागरिकको घरदैलोमा पुगिरहेको भन्दै उनीहरुले गठबन्धनकै पक्षमा मतदान गर्नेमा विश्वस्त भएको बानियाँले बताए ।

‘बिगतको स्थानीय तहको नतिजालाई हेर्ने हो भने पनि मेरो क्षेत्रका ३० वटा वडामध्ये २३ वटा वडामा गठबन्धन दल विजयी भएको छ । सोही मतलाई आधार मान्दा पनि धेरै अन्तरमा हाम्रो जीत हुने सुनिश्चित भइसकेको छ ।’ बानियाँले भने । 
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तान, माओवादी नेता बीरबहादुर घलान –ज्वाला०, रेखा पुलामीलगायतकाको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार