Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

डिनाको आरोप: एमालेले जिते फेरी संसद विघटन हुन्छ

Dina-1668518137.jpg

फाइल फोटो

२९ कार्तिक,हेटौंडा। लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नेकपा एमालेले जितेमा फेरि संसद् विघटन र संविधानमाथि प्रहार हुने बताएकी छिन् । निर्वाचन केन्द्रीत कार्यक्रम अन्तर्गत हेटौंडा ८ मा भएको घरदैलो कार्यक्रममा उनले जनमतको सम्मान गर्न नसक्ने पार्टीलाई फेरि मत दिन बेक्कार हुने बताइन्।

जनताको अधिकारका लागि बनेको संविधान नमान्नेहरुलाई जनतासंग मत माग्ने नैतिक अधिकार समेत नभएको डिनाको भनाई रहेको थियो । मंसिर ४ को निर्वाचन संविधान पक्षधर र संविधान नमान्ने प्रतिगामीको बीचमा हुन लागेको उनले बताइन् । ‘संविधान निर्माणको क्रममा हस्ताक्षरै नगर्ने र संविधान नमान्ने, संसद् विघटन गर्ने र सधैं जनतालाई झुटो आश्वासन, नारा दिनेहरु एक भएका छन् । संविधान पक्षधर शक्तिहरु कांग्रेसको नेतृत्वमा गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा छौं’, उनले भने, ‘मुलुकको विकास र समृद्धि चाहने हामीले प्रतिगामी तत्वसंग प्रतिस्पर्धा गरिरहेका छौं । गठबन्धनको जित सुनिश्चित छ ।’ संविधान र व्यवस्था नै नमान्ने कमल थापा र दीपक सिंहहरु अहिले जनताकोमा आएर अनेक आश्वासन र प्रलोभन दिइरहेको उनको भनाई थियो । जनताको अधिकारका लागि ल्याइएको संविधान नमान्नेहरुलाई मत हराएर ठेगान लगाउने बेला आएको उनले बताइन् । डिनाले आफू विजयी भए मकवानपुरका लागि राष्ट्रिय बजेट ल्याएर समृद्ध र विकसित मकवानपुर बनाउने अभियानमा लाग्ने बताइन् । समानुपातिकबाट सहजै प्राप्त सांसद् पद छोडेर प्रत्यक्ष निर्वाचनमा होमिन आएको जानकारी दिँदै उनले जनताको हर सुखदुःखमा साथौ रहने प्रतिबद्धता जनाएकी छिन् । गठबन्धन र कांग्रेसको पक्षमा माहौल देखेर विपक्षीहरु बर्बराउन थालेको उनको भनाई थियो । गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गर्दै उनले मतान्तर बढाउन र मंसिर ४ गतेसम्म कुर्न अनुरोध गरिन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार