Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

गठबन्धनको थाहानगरमा चुनावी सभा

Screenshot_20221115-19073-1668518732.jpg

२९ कात्तिक,हेटौंडा।  मकवानपुरको थाहा नगरपालिका वडा नं. ८ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ ।

मंगलबार भएको सभामा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क)  उम्मेद्वार कुमारी मोक्तानले संबोधन गर्नु भएको छ । 

संवोधनकै क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बिरोध खतिवडाले यस क्षेत्रको बिकासका लागि गठबन्धन सरकार बनेपछि धेरै बजेट ल्याउन सकिएको बताउनुभयो । उहाँले संबिधानको र लोकतन्त्रको रक्षाको लागि गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न आग्रह गर्नुभयो । खतिवडाले समानुपातिक, समाबेशीता, धर्म निरपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गरेको संबिधानको रक्षा गर्न गठबन्धनको आवश्यक्ता भएको बताए।  

त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथि समेत रहनु भएकी कुमारी मोक्तानले प्रदेश सरकारको तर्फबाट यस क्षेत्रमा धेरै बिकासका योजनाहरु ल्याएको बताउनु भयो । मोक्तानले आफ्नो प्राथमिकतामा यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको बिकास गर्नु रहेको बताउनुभयो । सो बिकासको लागि आफु प्रतिबद्ध भएको समेत उहाँले बताउनुभयो । मोक्तानले स्थायी र प्रभावकारी बिकास गर्नको लागि आफु लगायत गठबन्धनका उम्मेद्वारलाई मतदान गरी बिजयी गराउन अनुरोध गरेेेका छन्।

बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटि थाहा ८ का संयोजक राम कुमार घलानको अध्यक्षतामा भएको सभाको माओवादी केन्द्र थाहा नगर कमिटि उपाध्यक्ष सुमन कार्कीले सञ्चालन गरेेेका थिए। 

नेकपा (एकीकृत समाजवादी)का थाहा नगर सचिव हरिबहादुर स्याङ्तानले स्वागत गर्नुभएको सभामा नेपाली कांग्रेस महासमिति सदस्य जयराम लामिछाने, माईकल रामचन्द्र अर्याल, क्षेत्रिय सभापति खड्ग गोपाली, थाहा नगर सभापति प्रमोद कृष्ण जोशी, नेकपा माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटि सदस्य तथा मकवानपुर निर्वाचन क्षेत्र नं. २ का निर्वाचन परिचालन संयोजक लवशेर बिष्ट, प्रदेश कमिटि सदस्य ईन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, थाहा नगर कमिटि सचिव लक्ष्मण बिष्ट,  नेकपा (एकीकृत समाजवादी)का बागमति प्रदेश सदस्य गौतम बुद्ध लामा, थाहा नगर अध्यक्ष सानोकाजी गोपाली, राष्ट्रिय जनमोर्चाका समानुपातिक सांसद उम्मेद्वार शुभराज गोले लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार