Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस मकवानपुरले गर्यो १६ जनालाई कारबाही

315233138_186119773422452-1668519033.jpg

२९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा १६ जना नेता तथा कार्यकर्ताहरुलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा पूर्व महासमिति सदस्यदेखि पार्टीका क्रियाशिल सदस्यसम्म रहेका छन् । 
मंगलबार पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीको निति विपरित आसन्न निर्वाचनमा उम्मेदवारी दिने र गलत आचरण गर्नेहरुलाई कारबाही गरिएको जानकारी दिए । ‘कांग्रेसको निति र वर्तमान गठबन्धनको उद्देश्य विपरित चुनावमा आफु खुशी उम्मेदवार बनेका र उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई कारबाही गरेका छौं । पटक पटक पार्टी निति विपरितको गतिविधि सच्याउन आग्रह गरेपनि अटेर गरेपछि कारबाही गरिएको हो । सच्चिने अवसर दिएका थियौं तर साथीहरुले मान्नु भएन । हामी कारबाही गर्न बाध्य भयौं ।’ सभापति लामाले भने ।
कांग्रेसमा रहेर पनि अन्य दलको चुनाव चिन्ह लिएर उठेकाहरुले आफुहरु कांग्रेसमै रहेको भन्ने भ्रम सिर्जना गरेर मतदाताहरुलाई अन्यौलमा पारेपछि कारबाही गर्न वाध्य भएको जिल्ला अनुशासन समितिका संयोजक प्रभात कुमार दाहालले जानकारी दिए । कांग्रेस मकवानपुरले कारबाही गरेका नेताहरुमा स्वतन्त्र पार्टीबाट प्रतिनिध सभामा उम्मेदवार बनेका पूर्व महासमिति सदस्य भरत पराजुली, वीपी कांग्रेसको केन्द्रीय उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार, पूर्व महासमिति सदस्य रिता खनाल रहेका छन् । 
यसैगरी विभिन्न पार्टीबाट प्रत्यक्ष र समानुपातीक उम्मेदवार बनेका किशोर राना, धिरज विक्रम न्यौपाने, कर्णबहादुर थिङ्, गोपी अधिकारीलाई पनि कारबाही गरेको छ । यस्तै उम्मेदवारहरुको प्रस्तावक र समर्थक बसेको र पार्टी निति विपरित काम गरेको भन्दै पार्टीका पूर्व प्रदेश सभा क्षेत्रीय सभापति सुजन गोपाली, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष निराजन बर्तौला, प्रदेश क्षेत्रीय सचिव नवराज पौडेल, भिमफेदी गाउँपालिका कांग्रेसका उपसभापति रुद्र लामा लगाएतलार्य कारबाही गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार