अपडेट – २८ कार्तिक, हेटौँडा । मकवानपुरमा आज भएका छुट्टाछुटुटै घटानमा ६ जनाको मृत्यु भएको छ । एक युवाले आज (मंगलबार) साँझ ६ बजे अन्धधुन्द खुकुरी प्रहार गर्दा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ विजौनामा ३ जनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षिया सुमन बराईलीले खुकुरी प्रहार गर्दा उनका छिमेकी मनहरी ७ विजौनाका ५२ वर्षिय सिताराम धिताल, उनका १६ वर्षका छोरा सुदन धिताल र ६५ वर्षका अर्का छिमेकी जित बहादुर भ्लोनको मृत्यु भएको हो ।
खुकुरी प्रहारबाट घाईते भएका सिताराम धितालको मनहरी हेल्थपोष्ट उपचारकोक्रममा मृत्यु भएको हो । घटनामा घाईते अन्य दुईजनाको थप उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिए ।
यस्तै आजै (मंगलबार)साँझ त्रिभुवन राजपथको सामरी सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्युभएको छ । दुर्घटनामा पैदलयात्री हेटौंडा उपमहानगरपलिका १४ बस्ने १५बर्षीय आकास लोप्चनको मृत्यु भएको हो । उनलाई ना ६ ख १०५१ नम्बरको ट्याक्टरलाई सामरी पुलमा ठक्कर दिँँएको प्रहरीले जनाएको छ ।
यसैगरी आज (मंगलबार) नै दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटमा ट्रिपर र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जनाको ज्यान गएको छ । हेटौडाबाट मनहरी तर्फ जाँदै गरेको ना ७ ख ४८०९ नंम्बरको ट्रिफरले विपरित दिसाबाट आईरहेको ना ३३ प ८६४७ नंम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार गैँडाकोट नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २४ को अनिल जिसी र मोटरसाईकलमा पछाडि बसेकी सोही नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २३ की पुनम बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चालक जिसीको घटनास्थलमै र पछाडि बसेकी २३ बर्षिय पुनम बिकको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीप झाले बताउनुभयो ।
फोटोः पत्रकार शिवकुमार काशीको फेसबुकबाट
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















