Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

यस्तो छ ईन्द्र बानियाँको राजनीतिक उडान

Screenshot_20221116-17072-1668597974.jpg

३० कार्तिक, हेटौंडा । ईन्द्रबहादुर बानियाँ मकवानपुरे राजनीतिमा एउटा चर्चित नाम हो । कम्युनिष्टको लाल किल्ला भनिने मकवानपुरमा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचित भएर उनले इतिहास रचेका थिए ।   त्यतिबेला उनले नेकपा एमालेका अणराज जर्घामगरलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए ।

३५ वर्षअघिदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील बानियाँ पार्टीको जिल्लाको नेतृत्व सम्हाल्दै हाल बागमती प्रदेश सभापति छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बानियाँले त्यतिबेला जित निकाल्न सकेनन् । मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बानियाँ मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । 

मकवानपुरको तत्कालीन हर्नामाडी गाविस ४ दियावतीमा २०२७ भदौमा जन्मिएका बानियाँ २०४४ सालमा राजनीतिमा प्रवेश गरेका थिए । उनी २०५१ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधिका रुपमा चुनिएका थिए । २०५२ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सहसचिवको जिम्मेवारी सम्हालेका उनी २०५५ सालमा तरुण दल जिल्ला सचिव हुँदै २०५६ सालमा तरुण दल मकवानपुरको अध्यक्ष भई राजनीतिक यात्रालाई निरन्तरता दिएका थिए । २०५६ सालमा पार्टीको महासमिति सदस्य भएका बानियाँ २०५८ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य चयन भएका थिए । 

२०७० सालको संविधानसभा सदस्यमा निर्वाचित बानियाँ २०७३ चैत्र १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा पनि निर्वाचित भए । उनी २०७४ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री हुँदै गृह राज्यमन्त्रीसमेत भएका थिए । २०७४ मंसिर २१ गते मकवानपुर संघीय क्षेत्र १ को (ख) बाट प्रत्यक्षतर्फको प्रदेशसभा सदस्य निर्वाचित भएका बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता भई ५ वर्षे कार्यकाल पूरा गरे । 

मकवानपुरमा कांग्रेसलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बानियाँ २०७८ मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा निर्वाचित भए । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका बानियाँलाई बागमती प्रदेशको भावी मुख्यमन्त्रीको दावेदार मानिएको छ । 

कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बानियाँसँग नेकपा एमालेबाट उम्मेदवार बनेका लालबहादुर थापालाई मुख्य प्रतिष्पर्धीको रुपमा हेरिएको छ । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा राक्सिराङ गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।

यस्तो छ चुनावी आँकडा

२०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेका राजाराम स्याङ्तानलाई पराजित गरेका बानियाँलाई यसपटक भने स्याङ्तानसहित उनको पार्टी एकीकृत समाजवादीसहितको साथ छ । तत्कालीन समयमा माओवादी समेतको साथ लिएर चुनाव उठेका स्याङ्तानलाई कांग्रेसका उम्मेदवार बानियाँले एक हजार ४ सय ११ मतान्तरले पराजित गरेका थिए । 

२०७४ को निर्वाचनमा बानियाँले १९ हजार दुईसय ४५ मत पाएका थिए भने एमालेका स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाएका थिए । मकवानपुर–२ प्रदेशसभा ख मा ६७ हजार ४ सय ६९ मतदाता छन् । हेटौंडाको ३ र १९ नम्वर वडासहित मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका यस निर्वाचन क्षेत्रमा समेटिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यी स्थानीय तहको ३० वटा वडामध्ये नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको थियो भने माओवादी र एमाले ७÷७ वटा वडामा विजयी भएको थियो । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत हेर्र्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ । 

स्थानीय तह चुनावमा निर्वाचन क्षेत्रमा कांग्रेसको वडाध्यक्षले १९ हजार ७२, एमालेको वडाध्यक्षले १३ हजार पाँचसय ८३ र माओवादीको वडाध्यक्षले ११ हजार ७१ मत पाएका थिए । यो तथ्यांक हेर्दा कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने माओवादीसँग मत जोड्दा कुल मत संख्या ३० हजार एकसय ४३ पुग्छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत परिणामको आँकडा हेर्दा लोकतान्त्रिक बाम गठबन्धन एमाले भन्दा १६ हजार पाँचसय ६० मतले अगाडि देखिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
डुबेर एक बालकको मृत्यु
pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक
Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...

सौर्यको विमान दुर्घटनामा उद्धारमा खटिएका ५ पुरस्कृत
Screenshot_20240726_13433-1721980718.jpg

११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1721978858.jpg

११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सोमबार पुनः बस्ने
trc-1721978210.jpg

११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने
Nepal-Rastra-Bank-970x500-1721958938.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बोर्ड बैठक...

योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
Screenshot_20240726_07210-1721957778.jpg

११ साउन, हेटौंडा । सरकारले राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्...

थप समाचार