२९ कार्तिक, हेटौँडा । आसन्न प्रतिनिधी र प्रदेश सभाका निर्वाचनको लागि लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाका उम्मेदवार एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यय डीनाले लोकतान्त्रिक गठबन्धनले जितेपछी मकवानपुरको मुहार फेरिने दावि गरेका छन् ।
बुधबार कैलाश गाउपालिकाको १० नम्बर भाल्टारमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले विकास गर्नको लागि आफू सहित बानियाँलाई प्रदेशसभाको लागि २ नम्बर क्षेत्रमा ल्याइएको बताइन । साथै उनले नामटारलाई गाजा उन्मुलन गर्दै कृषि क्षेत्रमा विकासको लागि योजना बनाएको बताईन ।
त्यसैगरी क्षेत्र नम्बर २ को २ (ख) को प्रदेशसभा सदस्य पदका उम्मेदवार नेपाली काङ्ग्रेसका जिल्ला सभापति इन्द्र बानियाँले कम्युनिष्टहरुले राजनीतिलाई मागि खाने बनाएको भन्दै आफ्नो लागि राजनीति पेसा भएको बताए । उनले काँग्रेसले बिश्वासघात नगर्नै भन्दै अभाव र विकट क्षेत्रको विकासको लागि यस क्षेत्रमा आएको बताए ।
कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, काँग्रेस क्षेत्र नम्बर ४ का सभापती लोक मुक्तान, राप्रपाका जिल्ला उपाध्यक्ष खड्गबहादुर लामा, समानुपातिक उम्मेदवार एवम राप्रपाका नेता गोबिन्द रिजाल, राप्रपाका नेता देव लामा, काँग्रेस नेता भिमसेन महत, तरुण दल अध्यक्ष इश्वर पाठक, तरुण दल नेता राजेश भेटवाल, काँग्रेस प्रवेश गरेका युवा नेता नवराज थिङ, कैलाश १० नम्बर वडा अध्यक्ष माणिकलाल मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा एमाले र माओवादी सहित विभिन्न पार्टी परित्याग गरि ४ सय ४७ जना काँग्रेस प्रवेश गरेका छन ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
















-1786686763.jpg)

