२१ मंसिर, हेटौंडा । मानवसेवा आश्रमको भवन निर्माण एवम् अक्षयकोष स्थापनाका लागि भोली बिहीबार हेटौंडामा हुने मानवताका लागी सांगितीक यात्राको तयारी पुरा भएको छ ।
हेटौंडा ४ स्थित भुटनदेवी माविको मैदानमा हुने लाइभ कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको आयोजक मानव सेवा आश्रमले जानकारी दिएको छ । सांगीतिक कार्यक्रमको पूर्व सन्ध्यामा बुधबार मानवसेवा आश्रममा नेपथ्य परिवारसंग चियापान कार्यक्रमको आयोजना गर्दै कन्सर्टका तयारीको बारेमा जानकारी गराइएको हो ।
उक्त अवसरमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले सामाजिक कार्यका लागि गीत गाउन पाउँदा खुसी लागेको बताएका छन् । उनले कार्यक्रममा सहभागिताका लागी हेटौंडाका नागरिकहरुलाई आग्रह गरेका थिए ।
मानवताका लागी सांगितीक यात्राको हेटौंडाका कार्यक्रम संयोजक पुरणबहादुर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, अग्रज पत्रकार प्रताप बिष्ट, समाजसेवी देवप्रसाद श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा आश्रममा आश्रितहरुको संरक्षण र पालनपोषणका लागी सुरु गरेको अक्षयकोषमा रकम सहयोग गर्ने व्यक्ति एवं संस्थालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमको केन्द्रीय कार्यालय समेत रहेको यस हेटौंडाबाटै मानवता अभियानको सुरु गरेको जानकारी दिँदै सामाजिक कार्यका लागि हुन लागेको कार्यक्रममा सहभागी हुन सर्वसाधारणलाई अनुरोध गरेका थिए ।
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...
२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...
२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...