Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिकको  प्रचार प्रसार कार्यालय कैलास ३,४ र १०मा 

पहिलो पटक  गाडी पुगेकोले उम्मेदवार सहित चालकलाई स्वागत  

kailash-foto-1510828917.jpg

३० कार्तिक, हेटौँडा । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को कैलास गाउँपालिकाको ३,४ र १० को सानोपोखरी र सिपुभञ्याङ् मा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको  छ । 
 नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाको प्रमुख  आतिथ्यता र प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख प्रदेशसभा सदस्य  उम्मेदवार इन्द्रबहादुर बानियाको आतिथ्यतामा  प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको  हो ।
कार्यालय उद्घाटन कार्यक्रममा बाल्दै प्रतिनिधिसभा क्षेत्र २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरको विकट  कैलासलाई  कृषि तथा पर्यटन क्षेत्रको विकासका लागि आफु सधै प्रतिबद्ध रहेको बताउदै हारे पनि जिते पनि कैलासको विकासमा सधै लागि पर्ने बताईन । 
उपाध्यायले लोकतान्त्रिक गठबन्धन कसैको बिरुद्धमा नभएको तर्क गर्दै उनले वाम गठबन्धनका नेताहरुले दिएको अभिव्यक्तीले आम जनतामा आशंका पैदा भैरहेको बताईन । 
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख प्रदेशसभा सदस्य  उम्मेदवार इन्द्रबहादुर बानियाँले मकवानपुरको  छतिवन, हटिया, हर्नामाडी जस्तै कैलासको विकास र जनताको  समुद्धि आफ्ने  एजेण्डा भएको बताउदै कैलासमा पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।   
प्रचारप्रसार समिति संयोजक सुर्य बहादुर तितुङ्को  सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रचार समितिका सहसंयोजक भीमसेन महत, निर्वाचन परिचालन समितिका सहसंयोजक गोविन्द रिजाल, नेपाली काग्रेस हेटौडा नगर सभापति आन्नद पराजुली काँग्रेस क्षेत्रीय सभापति लोक मुक्तान, महासमिति सदस्य दिनेश उपाध्याय, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, तरुण नेता राजेश भेटवाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

साथै कैलास गाउँपालिका १० सिपुभञ्याङमा पहिलो पटक मोटर गाडी पुगेकोले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सहित चालकलाई फुलमालाले स्वागत  गरिएको पत्रकार सुजन विडारीले जानकारी दिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार