Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिकको  प्रचार प्रसार कार्यालय कैलास ३,४ र १०मा 

पहिलो पटक  गाडी पुगेकोले उम्मेदवार सहित चालकलाई स्वागत  

kailash-foto-1510828917.jpg

३० कार्तिक, हेटौँडा । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को कैलास गाउँपालिकाको ३,४ र १० को सानोपोखरी र सिपुभञ्याङ् मा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको  छ । 
 नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाको प्रमुख  आतिथ्यता र प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख प्रदेशसभा सदस्य  उम्मेदवार इन्द्रबहादुर बानियाको आतिथ्यतामा  प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको  हो ।
कार्यालय उद्घाटन कार्यक्रममा बाल्दै प्रतिनिधिसभा क्षेत्र २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरको विकट  कैलासलाई  कृषि तथा पर्यटन क्षेत्रको विकासका लागि आफु सधै प्रतिबद्ध रहेको बताउदै हारे पनि जिते पनि कैलासको विकासमा सधै लागि पर्ने बताईन । 
उपाध्यायले लोकतान्त्रिक गठबन्धन कसैको बिरुद्धमा नभएको तर्क गर्दै उनले वाम गठबन्धनका नेताहरुले दिएको अभिव्यक्तीले आम जनतामा आशंका पैदा भैरहेको बताईन । 
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख प्रदेशसभा सदस्य  उम्मेदवार इन्द्रबहादुर बानियाँले मकवानपुरको  छतिवन, हटिया, हर्नामाडी जस्तै कैलासको विकास र जनताको  समुद्धि आफ्ने  एजेण्डा भएको बताउदै कैलासमा पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।   
प्रचारप्रसार समिति संयोजक सुर्य बहादुर तितुङ्को  सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रचार समितिका सहसंयोजक भीमसेन महत, निर्वाचन परिचालन समितिका सहसंयोजक गोविन्द रिजाल, नेपाली काग्रेस हेटौडा नगर सभापति आन्नद पराजुली काँग्रेस क्षेत्रीय सभापति लोक मुक्तान, महासमिति सदस्य दिनेश उपाध्याय, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, तरुण नेता राजेश भेटवाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

साथै कैलास गाउँपालिका १० सिपुभञ्याङमा पहिलो पटक मोटर गाडी पुगेकोले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सहित चालकलाई फुलमालाले स्वागत  गरिएको पत्रकार सुजन विडारीले जानकारी दिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार