Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

राष्ट्रिय हेटौंडा भेट्रान्स कप फुटबल पुस १९ गतेबाट

Screenshot_20221213-09041-1670902165.jpg

२७ मंसिर, हेटौंडा । हेटौंडा भेट्रान्स क्लवको आयोजनामा सञ्चालन हुँदै आएको ८ औं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको आठौं संस्करण यही पुष १९ गतेबाट सञ्चालन हुने भएको छ । 

२३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा नेपालको विभिन्न शहरका करिब २० टिमको सहभागिता हुने आयोजकको अनुमान रहेको छ । 

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक हेटौंडा भेट्रान्सका सचिव कविन सांगामीले जानकारी दिए । 

यस्तै हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताका लागि हेटौंडा भेट्रान्सका कार्यसमिति सदस्य राजकुमार श्रेष्ठलाई कार्यक्रम संयोजक बनाइएको छ । राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । 

‘प्रतियोगितामा मकवानपुरसहित बारा, पर्सा, पोखरा, काठमाडौं, चितवन, नवलपरासी लगायतका जिल्लाका भेट्रान्स क्लवको सहभागिता रहनेछ’, आयोजक हेटौंडा भेट्रान्सका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए । सम्भव भएसम्म बंगलादेश र भारतको पनि एक÷एक वटा टिमको सहभागी गराउने प्रयास भैरहेको पनि उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार