Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

बागमती किनारमा मकवानपुर र सिन्धुलीका साहित्यकारको साहित्यिक वनभोज

FB_IMG_1671321463197-1671321488.jpg

३ पुस,हेटौंडा । मकवानपुर र सिन्धुलीका साहित्य सर्जकहरूको सामुहिक साहित्यिक वनभोज कार्यक्रमको आयोजन गरिएको छ।दुवै जिल्लाको सीमाना बागमती किनारमा आयोजित सिन्धुली-मकवानपुर साहित्यिक संगम कार्यक्रममा सर्जक भुपिनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुरका साहित्यिक संस्थाहरू सर्जक सञ्जालका संयोजक निमेष निखिल, लेखक संघका अध्यक्ष छवि अनित्य, सिस्नुपानीका अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्चका डिबी बर्तौला, गजल मञ्चका अध्यक्ष केशव समर्पण, प्रलेस केन्द्रिय सदस्य तथा झरना साहित्यिक परिवारका सचिव मसान उपासक तथा अग्रज सर्जकहरू जनार्दन खनाल, रमेशमोहन अधिकारी, ओमभक्त भण्डारी, युवापुस्ताका सानु खनाल, विश्व राई, स्वस्तिका दाहाल, मेनु तिमल्सिना, शुभद्रा हुमागाईँ, सुवास सजल, लक्ष्मण पौडेल, देव दुलाल लगायत र सिन्धुलीका साहित्य सर्जकहरू तुलसी ढकाल, प्रशिद्धा शर्मा तथा युवापुस्ताका लोकेन्द्र डहरे, बिर्ख वाइबा, धनमाया राई, अस्मिता दाहाल, विन्दा दाहाल, रचना तिमल्सिना, आयुष्माका देवकोटा, राजन बास्तोला गरी कूल ७० जनाको सहभागिता रहेको थियो । सबैजसो सर्जकहरूले आफ्ना विविध साहित्य सिर्जना सुनाएका थिए। 

 

सो कार्यक्रममा गजल मञ्च मकवानपुरको नियमित गजल सन्ध्या कार्यक्रम पनि सम्पन्न भएको छ।  गजलको सो सेसनको कार्यक्रम मञ्चका सचिव हरि पौडेलले सहजीकरण गरेका थिए । मञ्चका अध्यक्ष केशव समर्पणले फरक जिल्लाका सर्जकहरूको समेत सक्रिय सहभागिताले खुशी तुल्याएको बताए। 

सिस्नुपानी मकवानपुरबाट सहभागीहरूले हास्यव्यङ्ग्य रचना, गजल मञ्चतर्फबाट सहभागीहरूले विभिन्न गजल, मुक्तक मञ्चतर्फका सहभागीहरूले विभिन्न मुक्तक लगायत सहभागीहरूले लामा छोटा गद्य तथा पद्य कविताहरू वाचन गरेका  थिए। 

कार्यक्रममा कवि, गजलकार, गायक पुरुषोत्तम आचार्यले आफ्नो गीत घाम त लाग्यो गाउनु भयो भने लोकदोहरी गायन, नाच, सामुहिक भोजन रहेको थियो । कार्यक्रमले दुई जिल्लाका सर्जकहरूबीचमा चिनजान र साहित्यक भलाकुसारीका कारण यस वनभोज कार्यक्रम सफल साबित भएको सर्जक निमेष निखिलले बताए। 

मकवानपुर-सिन्धुली साहित्य संगमको विविध साहित्यिक कार्यक्रम आयोजना तथा निरन्तरताका लागि खडानन्द तिमल्सिना र विश्वनाथ सञ्जेलको संयोजकत्वमा तदर्थ समिति गठन समेत गरिएको छ। कार्यक्रममा सहभागिताका लागि मकवानपुरतर्फबाट झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेल तथा सिन्धुलीका तर्फबाट खडानन्द तिमल्सिनाले संयोजन गर्नु भएको हो भने दिनभरको औपचारिक कार्यक्रम विश्वनाथ सञ्जेलले सहजीकरण गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार