३ पुष, हेटौंडा । शनिवार हेटौंडामा सम्पन्न भएको २० औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्टस् क्लवले जितेको छ ।
बसामाडी जेसीजको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा विनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरलाई सोझो सेटमा हराउँदै आग्राले उपाधि जितेको हो । आग्राले विनयबाबु प्रतिष्ठानलाई २५–२०, २६–२४, २६–२४ को सेटमा हराएको हो ।
सेमीफाइनलमा आग्राले आमभञ्ज्याङ युवा क्लवलाई र विनयबाबु प्रतिष्ठानले बज्रबाराहीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । उपाधि विजेता आग्राले ६५ हजार प्राप्त गर्दा उपविजेता विनयबाबु प्रतिष्ठानले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीको पुरस्कार आग्राले नै पायो । उत्कृष्ट खेलाडी पुजन गुरुङ, उत्कृष्ट स्पाइकर रमेश थिङ र उत्कृष्ट सेटर सञ्जय थिङ भए । यस्तै अनुशासित टिमको पुरस्कार बज्रबाराही युवा क्लवले पाएका छन् ।
विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी चुडाकुमारी खड्का, आयोजक बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवाल लगायतले पुरस्कार वितरण गरेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)