Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो विश्वकप

Screenshot_20221219-08002-1671416142.jpg

४ पुस, काठमाडौं । विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि हात पारेको हो। यसअघि अर्जेन्टिनाले १९८६ मा विश्वकप उपाधि जितेको थियो।
निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप १-१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। निर्धारित र अतिरिक्त समयमा फ्रान्सले गरेका सबै तीन गोल स्टार स्ट्राइकर केलिएन एम्बाप्पेको नाममा रह्यो। उनले ह्याट्रिक सहित सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट समेत जिते।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज नायक सावित भए। उनले फ्रान्सको एक प्रहार रोक्दा अर्को एक प्रहार फ्रान्सले पोलबाहिर हानेको थियो।
अर्जेन्टिनाका लागि मेसीले १०८ औ मिनेटमा गोल गर्दै खेलमा ३-२ को अग्रता बनाएको थियो। त्यसअघि अर्जेन्टिना विरुद्व फ्रान्सले अन्तिम २० मिनेटमा नाटकिय पुनरागमन गर्दै दुई गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।
निर्धारित समयमा केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका थिए। उनले पेनाल्टीमार्फत ८० औ मिनेटमा पहिलो गोल गर्दा ८१ औ मिनेटमा थुर्मानको क्रसलाई गोलमा परिणत गर्दै खेललाई २-२ गोलको अवस्थामा ल्याएका हुन्।
त्यसअघि पहिलो हाफमानै २-० को अग्रता बनाउने क्रममा अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसी र फर्वाड एञ्जल डि मारियाले गोल गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार