१मसिर, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आसन्न निर्वाचन लोकतन्त्र र निरङ्कुशताविरुद्धको लडाई भएको बताउनु भएको छ ।
संयुक्त लोकतान्त्रिक गठबन्धनको हेटौँडा १ को चाइनाक्वाटर र हेटौँडा ११ को नवलपुरमा आज आयोजित प्रचार समितिको कार्यालय उदघाटन कार्यक्रममा उहाँले महिला अधिकार र समावेशीका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक शक्तिको जीत सुनिश्चित भएको बताउनुभयो । राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंहले विगतमा मकवानपुरबाट कम्युनिष्टहरुले चार पटक जितेपनि जिल्लाको विकास गर्न नसकेको भन्दै हेटौँडामा औद्योगिक क्षेत्रलाई पूर्णता दिन र स्थायी प्रदेश राजधानीका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य उम्मेदवार यतिराज सापकोटाले आफूले जनतालाई विकास र समृद्धिसँग जोड्न चाहेको बताउनुभयो । हेटौँडा १ मा काँग्रेस वडा सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नगर सभापति आनन्दराम पराजुली, राप्रपाका उमाकान्त गौतम, वडा अध्यक्ष सविन न्यौपाने, दीपा उपाध्यायलगायतले बोल्नु भएको थियो ।
यस्तै हेटौँडा ११ मा काँग्रेसका वडा सभापति विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका नेता सीतारामा बर्तौलाले बोल्नु भएको थियो । कार्यक्रममा समानुपातिक उम्मेदवारहरु पवित्रा विक, लक्ष्मी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । हेटौँडा ११ मा फूलमान श्रेष्ठ संयोजक र पूणिमा लोप्चन सहसंयोजक रहेको १५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
