१मसिर, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आसन्न निर्वाचन लोकतन्त्र र निरङ्कुशताविरुद्धको लडाई भएको बताउनु भएको छ ।
संयुक्त लोकतान्त्रिक गठबन्धनको हेटौँडा १ को चाइनाक्वाटर र हेटौँडा ११ को नवलपुरमा आज आयोजित प्रचार समितिको कार्यालय उदघाटन कार्यक्रममा उहाँले महिला अधिकार र समावेशीका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक शक्तिको जीत सुनिश्चित भएको बताउनुभयो । राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंहले विगतमा मकवानपुरबाट कम्युनिष्टहरुले चार पटक जितेपनि जिल्लाको विकास गर्न नसकेको भन्दै हेटौँडामा औद्योगिक क्षेत्रलाई पूर्णता दिन र स्थायी प्रदेश राजधानीका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य उम्मेदवार यतिराज सापकोटाले आफूले जनतालाई विकास र समृद्धिसँग जोड्न चाहेको बताउनुभयो । हेटौँडा १ मा काँग्रेस वडा सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नगर सभापति आनन्दराम पराजुली, राप्रपाका उमाकान्त गौतम, वडा अध्यक्ष सविन न्यौपाने, दीपा उपाध्यायलगायतले बोल्नु भएको थियो ।
यस्तै हेटौँडा ११ मा काँग्रेसका वडा सभापति विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका नेता सीतारामा बर्तौलाले बोल्नु भएको थियो । कार्यक्रममा समानुपातिक उम्मेदवारहरु पवित्रा विक, लक्ष्मी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । हेटौँडा ११ मा फूलमान श्रेष्ठ संयोजक र पूणिमा लोप्चन सहसंयोजक रहेको १५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







