२ मंसिर, हेटौडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वेश्वरप्रसाद र गिरिजा प्रसाद कोइरालाको सपना पुरा गर्न एमालेसँग मिलेर चुनाव लडेको भन्नु हास्यास्पद भएको बताउँनुभयो ।
थापाले लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानका क्रममा हेटौँडा ५ मा आयोजीत कोण सभालाई सम्बोधन गर्दै साम्यवादीहरुले लोकतन्त्रबादीहरुको सपना पुरा गर्छु भन्नु सरासर झुठ भएको दावी गरे । उनले मकवानपुरे जनताको विकासको चाहाना लोकतन्त्रवादीहरुले मात्र गर्न सक्छ भन्ने कुरा पुष्टि भैसकेको बताए । थापाले विगतमा कम्युनिष्टहरुले जित्दा र लोकतन्त्रवादीहरुले जित्दा भएको विकासको गतिविधिलाई मतदाताले मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।
सभामा बोल्दै प्रतिनिधि सभा १ को प्रदेश सभा १ का उम्मेदवार अशोक शाक्यले लोकतान्त्रिक गठबन्धनको विजयले जनाताका बर्षौ देखिका अधुरा सपना पुरा हुने प्रतिवद्धता व्यक्त गरे । उनले जिल्लामा बर्षौ देखि राज गर्ने कम्युनिष्टहरुको विकल्प खोज्ने बेला आएको बताउँदै मतदातालाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा मत दिन आग्रह समेत गरे । संयुक्त प्रचार प्रसार संयोजक यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कोण सभामा लोकतान्त्रिक गठबन्धको निर्वाचन परिचालन संयोजक विष्णु प्रसाद लामिछाने, क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक माइकल रामचन्द्र अर्याल, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार पवित्रा विक, राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, रामहरी न्यौपाने, मधु अधिकारी, राप्रपाका नगर सभापति गुरु प्रसाद सापकोटा लगाएतको उपस्थिति रहेको थियो । कोण सभापछि उम्मेदवार थापा र शाक्यको नेतृत्वमा हेटौँडा ५ सिंचाइटोल, सानोपोखरा, राईटोल लगाएतका क्षेत्रमा घरदैलो समेत गरेको छ ।
लोकतान्त्रिक गठबन्धन पक्षमा मतम माग्दै उम्मेदवार द्धय थापा र शाक्य
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
