२ मंसिर, हेटौंडा । मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अहिले उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । आफ्नो पार्टीको उम्मेदवारलाई विजय गराउन सबै नेता कार्यकर्ता चुनावी अभियानमा जुटिरहेका छन् ।
लोकतान्त्रिक र बामगठबन्धन बनाएर प्रमुख दल चुनावी मैदानमा उत्रदा चुनावी भिडन्त प्रतिष्पर्धी बनेका कारण पनि दुबै पक्षले आफ्नो सम्पूर्ण शक्ति मैदानमा उतारेको छ । चुनावी अभियानमा स्थानीय तहमा हार व्यहोरेका नेता देखि विजय भएका जनप्रतिनिधिसमेत जुटिरहेका छन् । तर ठूलो प्रतिष्पर्धाबाट बाजी मारेका हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत ‘हरिबोल’ भने अहिले यो माहोलबाट हराएका छन् ।
उपप्रमुख मिना लामा चुनावी अभियानमा समय मिलाएर पुग्ने गरेपनि महत भने अहिलेसम्म चुनावी अभियानमा नदेखिएसंगै अहिले उनको खोजि शुरु भएको छ । महत चुनावी अभियानमा नदेखिनुमा तिहारमा चर्चामा आएको उनको ‘बन्दुक देखाएर महिला तर्साएको’ घटना प्रमुख कारण भएको राजनैतिक वृत्तमा छलफलको विषय बनेको छ । विगतमा महतले गरेका काम र भाषण जनताले रुचाउने गरेका कारण चुनावी प्रचारमा उनी उपस्थित हुँदा सकारात्मक प्रभाव पर्ने गरेकोमा उनी कुनै कार्यक्रममा नदेखिनुमा तिहारको घटना प्रमुख भएको एक नेताले बताए ।
स्थानीय तहको निर्वाचनमा विपक्षी र मधेश केन्द्रित दलले मधेश विरोधी नेताको रुपमा चित्रण गरेपछि एमालेले अध्यक्ष केपि ओलीलाई चुनावी अभियानको अन्त्य तिर राजमार्ग छेउका केही स्थानमा मात्रै लगेको थियो । अहिले ठिक त्यही शैलीमा एमाले मकवानपुरले महतलाई ‘लुकाएको’ विपक्षीहरुले भाषण गरिरहेका छन् । महतको तिहार घटनाले उनी बारे जिल्लामा नकारात्मक भावना रहेकाले एमालेले उपप्रमुख मिना लामालाई जनतामाझ प्रस्तुत गरेपनि महतलाई अघि नसारेको कांग्रेसका नगर सभापति एवं उनका चुनावी प्रतिष्पर्धी आनन्दराम पराजुलीले बताए । ‘मत दिएर विकास गर्न पठाएको मान्छे विकासमा सिन्को नभाँच्ने ।’–उनले भने–‘उल्टो महिला दिदिविहिनीलाई बन्दुक देखाएर तर्साउने गरेपछि महतको छवि विग्रिएको छ ।’ विजय भएको ६ महिना नाघिसक्दा पनि महत नेतृत्वको हेटौँडा उपमहानगरपालिकाले देखिने एउटा पनि काम गर्न नसकेकोले चुनावी अभियानमा जाँदा जनताले प्रश्न गर्ने डर एमाले र महतलाई रहेको पराजुलीको आरोप छ । महत चुनावी अभियानमा जाँदा भोट घट्ने भएकाले उनलाई पार्टीले गतिविधिमा सहभागी नगराएको विपक्षीहरुको आरोप छ ।
तर, नेकपा एमाले मकवानपुर भने विपक्षीहरुले यो विषयलाई अतिरन्जित गरेको बताउँछ । एमाले मकवानपुरका सचिव एवं प्रवक्ता एकलाल श्रेष्ठले महतलाई आवश्यकता अनुसार पार्टीले चुनावी गतिविधिमा सहभागी गराईरहेको बताए । ‘उहाँ जनप्रतिनिधि पनि हो, जनताको काम छोडेर चुनावी अभियानमा लाग्नु उपयुक्त पनि हुँदैन ।’–श्रेष्ठले भने–‘लुकाएको भन्ने कुरा गलत हो, आवश्यकता अनुसार उहाँ पार्टीको चुनावी गतिविधिमा सहभागी हुनुहुन्छ ।’
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







