२ मंसिर, हेटौंडा । मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अहिले उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । आफ्नो पार्टीको उम्मेदवारलाई विजय गराउन सबै नेता कार्यकर्ता चुनावी अभियानमा जुटिरहेका छन् ।
लोकतान्त्रिक र बामगठबन्धन बनाएर प्रमुख दल चुनावी मैदानमा उत्रदा चुनावी भिडन्त प्रतिष्पर्धी बनेका कारण पनि दुबै पक्षले आफ्नो सम्पूर्ण शक्ति मैदानमा उतारेको छ । चुनावी अभियानमा स्थानीय तहमा हार व्यहोरेका नेता देखि विजय भएका जनप्रतिनिधिसमेत जुटिरहेका छन् । तर ठूलो प्रतिष्पर्धाबाट बाजी मारेका हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत ‘हरिबोल’ भने अहिले यो माहोलबाट हराएका छन् ।
उपप्रमुख मिना लामा चुनावी अभियानमा समय मिलाएर पुग्ने गरेपनि महत भने अहिलेसम्म चुनावी अभियानमा नदेखिएसंगै अहिले उनको खोजि शुरु भएको छ । महत चुनावी अभियानमा नदेखिनुमा तिहारमा चर्चामा आएको उनको ‘बन्दुक देखाएर महिला तर्साएको’ घटना प्रमुख कारण भएको राजनैतिक वृत्तमा छलफलको विषय बनेको छ । विगतमा महतले गरेका काम र भाषण जनताले रुचाउने गरेका कारण चुनावी प्रचारमा उनी उपस्थित हुँदा सकारात्मक प्रभाव पर्ने गरेकोमा उनी कुनै कार्यक्रममा नदेखिनुमा तिहारको घटना प्रमुख भएको एक नेताले बताए ।
स्थानीय तहको निर्वाचनमा विपक्षी र मधेश केन्द्रित दलले मधेश विरोधी नेताको रुपमा चित्रण गरेपछि एमालेले अध्यक्ष केपि ओलीलाई चुनावी अभियानको अन्त्य तिर राजमार्ग छेउका केही स्थानमा मात्रै लगेको थियो । अहिले ठिक त्यही शैलीमा एमाले मकवानपुरले महतलाई ‘लुकाएको’ विपक्षीहरुले भाषण गरिरहेका छन् । महतको तिहार घटनाले उनी बारे जिल्लामा नकारात्मक भावना रहेकाले एमालेले उपप्रमुख मिना लामालाई जनतामाझ प्रस्तुत गरेपनि महतलाई अघि नसारेको कांग्रेसका नगर सभापति एवं उनका चुनावी प्रतिष्पर्धी आनन्दराम पराजुलीले बताए । ‘मत दिएर विकास गर्न पठाएको मान्छे विकासमा सिन्को नभाँच्ने ।’–उनले भने–‘उल्टो महिला दिदिविहिनीलाई बन्दुक देखाएर तर्साउने गरेपछि महतको छवि विग्रिएको छ ।’ विजय भएको ६ महिना नाघिसक्दा पनि महत नेतृत्वको हेटौँडा उपमहानगरपालिकाले देखिने एउटा पनि काम गर्न नसकेकोले चुनावी अभियानमा जाँदा जनताले प्रश्न गर्ने डर एमाले र महतलाई रहेको पराजुलीको आरोप छ । महत चुनावी अभियानमा जाँदा भोट घट्ने भएकाले उनलाई पार्टीले गतिविधिमा सहभागी नगराएको विपक्षीहरुको आरोप छ ।
तर, नेकपा एमाले मकवानपुर भने विपक्षीहरुले यो विषयलाई अतिरन्जित गरेको बताउँछ । एमाले मकवानपुरका सचिव एवं प्रवक्ता एकलाल श्रेष्ठले महतलाई आवश्यकता अनुसार पार्टीले चुनावी गतिविधिमा सहभागी गराईरहेको बताए । ‘उहाँ जनप्रतिनिधि पनि हो, जनताको काम छोडेर चुनावी अभियानमा लाग्नु उपयुक्त पनि हुँदैन ।’–श्रेष्ठले भने–‘लुकाएको भन्ने कुरा गलत हो, आवश्यकता अनुसार उहाँ पार्टीको चुनावी गतिविधिमा सहभागी हुनुहुन्छ ।’
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
