Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीमा ५ अध्यादेश पेश, सभामुखको निर्वाचन पुस २९ गते हुने 

Baithak-1672667845.jpg

file photo

१८ पुस, हेटौंडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सोमबार बसेको पहिलो बैठकमा ५ वटा अध्यादेशहरु पेश भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको तर्फबाट आन्तरिक मामिला तथा काकूमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाको शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्थान गर्न बनेको अध्यादेश, २०७९ प्रस्तुत गरेका छन् । 
यसैगरी, स्वास्थ्यमन्त्री निमा लामाको तर्फबाट सँस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश, कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ प्रस्तुत गरेका छन् ।
सोमबारको बैठकले प्रदेशसभाका सभामुखको निर्वाचनको मिति समेत तय गरेको छ । प्रदेशसभाको यही पुस २९ गते ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने छ । सोमबारको बैठकले प्रदेशसभाका सभामुखको निर्वाचन पुस २९ गते विहान ११ बजे गर्ने तय गरेको हो । 
प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको प्रदेशसभाको बैठकले उक्त निर्वाचनको लागि प्रदेशसभा सचिवालय हेटौंडाका सचिव कृष्णहरी खड्कालाई आवश्यक प्रक्रिया अगाडी बढाउन जिम्मेवारी दिएको छ । बैठकले सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनु पर्ने संवैधानीक व्यवस्था अनुसार पहिले सभामुखको निर्वाचनको तयारी गरेको हो । उक्त निर्वाचनको लागि आगामी पुस २८ गते मनोनयन उम्मेदवारी दर्ता गर्ने समयको निर्धारण गरिएको सचिव खड्काले जानकारी दिए । 
यसैगरी बागमती प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितीमा बैठक अध्यक्षता गर्ने गरि ५ जना सदस्य मनोनित गरेको छ । प्रदेशसभाको नियमित बैठक संचालनको क्रममा सभामुख र उपसभामुख अनुपस्थितीमा प्रदेशसभाका सदस्य उर्मिला नेपाल (नेपाली कांग्रेस), भारती पाठक (नेकपा एमाले), लक्ष्मी घिमिरे (राप्रपा), डा. राजेन्द्रमान श्रेष्ठ (एकीकृत समाजवादी) र ठाकुर प्रसाद ढकाल (नेकपा माओवादी केन्द्र)लाई मनोनित गरिएको हो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार