Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिकले जिते हेटौंडा राजधानीः अध्यक्ष थापा       

जन्ताले काँग्रेसलाई कहिल्यै नबिर्सिनेः उमेदवार लामिछाने

23658360_134306064007459_-1511000732.jpg


२ मसिर, हेटौँडा । उपप्रधान, उर्जा मन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा उमेदवार कमल थापाले लोकतान्त्रिक गठबन्धनले जिते हेटौंडा ३ नम्बर प्रदेशको राजधानी हुने ठोकुवा गरेका छन् ।

बकैया गाउँपालिका–२ धियाँलमा आयोजित सभालाई सम्बोधन गर्दै हेटौंडा अस्थायी राजधानीसँगै समग्र मकवानपुरको विकासमा लोकतान्त्रिक गठबन्धनले मात्र भुमिका निर्वाह गरेको दाबी गरे । मकवानपुरको विकट क्षेत्रमा मोटर बाटोदेखि विद्युत, खानेपानीलगायत विकासका पूर्वाधारका लागि अहम भूमिका भएको त्यस्तो भूमिकाको उच्च मूल्याङ्कन गरेर मत दिन उनले आग्रह गरे । 

 त्यसैगरी बकैया–१ मेरङ्गेमा भएको सभामा बोल्दै मकवानपुर १ प्रदेशसभा क का उमेदवार धर्मराज लामिछानेले लोकतान्त्रिक गठबन्धनलाई जिताउन जनता घरघरबाट उर्लिएको बताए । उनले जनताको चाहना अनुरुपको पवित्र गठबन्धनले मात्र देशमा समृद्धका ढोकाहरु खोल्ने विश्वास भएपछि जनत चुनावी माहोलमा तातिएका छन् ।
जनताको दैलोमा विकासको मूल फुटाउने काँग्रेसलाई कहिल्यै नबिर्सिने आम सर्वसाधारण यतिबेला बाम गठबन्धनको विरोधमा उत्रिएको दाबी गरे । मकवानपुरको पूर्वी क्षेत्रको मुहार फेर्ने काँग्रेसलाई चुनाव जित्न धेरै दुःख गनुपर्ने आवश्यक नरहेको उनले बताए ।
कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष गणेश थापा, पूर्वकेन्द्रीय सदस्य नवराज बिष्ट, राप्रपा सहमहामन्त्री राजाराम बर्तौला, मकवानपुर १ प्रचारप्रसार समिति संयोजक मिठाराम दाहाल र काँग्रेस क्षेत्रीय सभापति दामोदर खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार