Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

राष्ट्रिय भेट्रान्सको फाइनलमा बानेश्वर र एबीसी भिड्ने

20201106_065820-1673012363.png

२२ पुस, हेटौंडा । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी आठौं राष्ट्रिय भेट्रान्स एट ‘ए’ साइड फुटलब प्रतियोगिताको उपाधिका लागि बानेश्वर भेट्रान्स काठमाडौं र एबीसी भेट्रान्स पोखरा भिड्ने भएका छन् । 
शुक्रबार भएको सेमिफाइनलमा बानेश्वर भेट्रान्स काठमाडौंले सिमरा भेट्रान्स बारालाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । बानेश्वरको जितका लागि नारायण कार्कीले २ तथा उमेश लामा र युवराज भुजेलले समान एक÷एक गोल गरे । खेलको म्यान अफ द म्याच बानेश्वरका नारायण कार्की घोषित भए । 
यस्तै डिफेण्डिङ च्याम्पियन पोखराको एबीसी भेट्रान्सले टाइब्रेकरमा मनाङ मस्र्याङदी भेट्रान्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । 
टाइब्रेकरमा एबीसीको तर्फबाट विकर्ण श्रेष्ठ, विश्वलाल श्रेष्ठ र नरेन्द्र जंग गुरुङ मुखियाले गोल गर्दा मनाङको तर्फबाट नरेश श्रेष्ठ र शिषिरविक्रम हमालले मात्र गोल गरे । मनाङ मस्र्याङ्दीका चक्रबहादुर तामाङको प्रहार रोकेका एबीसीका गोलरक्षक खिमबहादुर गुरुङ म्यान अफ द म्याच भए । 
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो २ बजे हुने आयोजकले जानकारी दिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार