Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना, स्थानीय ३ जनाको मृत्यु

20200927_084436-1673574592.jpg

२९पुस,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरे भलादमीचोकमा स्कुटर दुर्घटना हुँदा चालक सहित स्थानीय ३ जनाको ज्यान गएको छ।

पुर्वपश्चिम सडकखण्ड अन्तर्गत सोही स्थानमा बिहीबार राति ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो।स्कुटर दुर्घटना भएको र तिनजना घाइते रहेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीमा प्रहरी निरीक्षक कृष्णप्रसाद ढकाल नेतृत्व टोली घटनास्थल पुगरे दुर्घटनामा गम्भीर घाइते तिनै जनालाई उद्धार गरी उपचारका लागि भरतपुर पठाएको थियो। 

दुर्घटनामा मनहरी-८ सिमपानी  बस्ने अन्दाजी ३०/३२ बर्षीय धर्मराज मोक्तान,स्कुटरमा सवार सोही स्थान बस्ने अन्दाजी ३०/३२ बर्षीय मिलन मोक्तान र राक्सिराङ - ३ लावती बस्ने  अन्दाजी ३०/३२ बर्षीय  रुपेश तामाङको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन् । मृतक तिनै जनाको उपचारको क्रममा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ।

दुर्घटनाको अवस्था हेर्दा सवारीले ठक्कर दिएको जस्तो देखिएको र कुन सवारीले ठक्कर दिएको हो भन्ने अनुसन्धान भइरहेको  र मृतकको शव मेडिकल कलेजमै रहेको प्रवक्ता कार्कीले बताएका छन्। दुर्घटना लगत्तै ठक्कर दिने सवारीको खोजी गर्नुपर्ने भन्दै स्थानीयले करिब २ घण्टा  राजमार्ग अवरुद्ध गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार