३ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको श्रीरामजानकी मन्दिरमा श्रीमद्भागवत रामनाम लक्ष्य हवन धान्याञ्चल महायज्ञ आइतबारबाट शुरु भएको छ । मंसिर ११ गतेसम्म चल्ने महायज्ञको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले उद्घाटन गरेका हुन् ।
महायज्ञको उद्घाटन गर्दै थापाले हिन्दु धर्मको जर्गेनाको निम्ती यस्ता खालको महायज्ञको आवश्यकता रहेको बताए । मूल समारोह समितिका संयोजक शिवप्रसाद नेपालको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौँडा १६ नम्बर वडाका अध्यक्ष रामकृष्ण कोइराला, मूल समारोह समितिका सहसंयोजक तथा उपवाचक बद्री प्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । महायज्ञको पहिलो दिन नेपाली कांग्रेसका ३ नम्बर क्षेत्रीय सभापति हेटौंडा–८ कमानेका ताराप्रसाद चौलागाईंले ११ हजार ५ रुपियाँ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोईरालाले व्यक्तिगत ५१ हजार १ सय ११ रुपैँया, र वडाको तर्फबाट १ लाख १ हजार रुपैँया सहयोग हस्तान्तरण गरेका थिए ।
महायज्ञ उद्घाटन अघि शोभायात्रा समेत गरिएको थियो । हेटौंडा–६ चौघडामा रहेको बंशगोपाल मन्दिरबाट घडामा जल बोकेर श्रद्धालु भक्तजनहरु महायज्ञ परिसर पुगेका थिए । महायज्ञमा बद्री विशाल शास्त्रीले कथा वाचन गरिरहेका छन् ।
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















